Monday, December 23

आईओएस १८ मा आइफोनको होमस्क्रिन कसरी कस्टमाइज गर्ने ?

एप्पलले आफ्नो नयाँ आइफोन अपरेटिंग सिस्टम आईओएस १८ मा आइफोनको होमस्क्रिनलाई आफ्नो रुचि अनुसार कस्टमाइज गर्ने गज्जबको नयाँ अप्सन उपलब्ध गराएको छ ।

यसमा प्रयोगकर्ताले होमस्क्रिनमा विजेटहरुको आकारलाई सानो ठूलो बनाउने, एप आइकनको रंङग परिवर्तन गर्ने र स्क्रिनमा आइकनलाई स्वतन्त्र ढंगले मिलाउन सक्दछन् ।

यो कस्टमाइजेसन फिचरले आइफोन प्रयोगकर्तालाई आफ्नो आइफोनको लुक्स तथा आइफोन चलाउने अनुभूतिमा अभूतपूर्व नियन्त्रण प्रदान गर्दछ ।

आईओएस १८ मा होम स्क्रिन कस्टमाइजेसन अप्सन

यसमा निम्न सुविधा रहेका छन् :

विजेटको साइज तथा स्थान परिवर्तन गर्ने
एप आइकनको रङ तथा थिम परिवर्तन गर्ने
सफा लुक्सका लागि एपको लेबल हटाउने
होमस्क्रिनको पृष्ठभूमिलाई गाढा वा फिक्का बनाउने
होमस्क्रिनलाई कसरी कस्टमाइज गर्ने ?

१. विजेट्स थप्न तथा साइज मिलाउन

एप आइकनमा केहीबेर थिच्नुहोस्
पप अप मेन्यूबाट विजेटको साइज छान्नुहोस्
आफूले चाहेको स्क्रिनको स्थानमा उक्त विजेटलाई तानेर राख्नुहोस्सा
इज पुनः बदल्नका लागि विजेटमा केहीबेर थिच्नुहोस् र नयाँ साइज छान्नुहोस्
२. एप आइकनको रङ परिवर्तन गर्नका लागि :

होम स्क्रिनको ब्याक ग्राउण्डमा केहीबेर थिच्नुहोस्
माथि बायाँ छेउमा Edit अप्सनमा ट्याप गर्नुहोस्
Customize अप्सन छान्नुहोस्
त्यसपछि Tinted अप्सनमा गएर रङ छान्नुहोस्
३. एप आइकन व्यवस्थित ढंगले मिलाएर राख्नका लागि

एप आइकनमा केहीबेर थिच्नुहोस्, जबसम्म त्यो आइकन हल्लिन्छ
त्यसपछि त्यसलाई स्क्रिनमा आफुले चाहेको स्थानमा सारेर लैजानुहोस्
४. एपमा रहेको लेबल हटाउनका लागि

होम स्क्रिनको ब्याकग्राउण्डमा केहीबेर थिच्नुहोस्
Edit अप्सनमा ट्याप गरी Customize अप्सनमा जानुहोस्
आइकनलाई ठूलो बनाउन Large अप्सनमा ट्याप गर्नुहोस् र एपको लेबल हटाउनुहोस्
५. होमस्क्रिनको ब्याकग्राउण्ड मिलाउनका लागि

कस्टमाइजेसन मेन्यूमा रहेको सूर्यको चित्रको आइकनमा ट्याप गर्नुहोस् र त्यसबाट लाइट वा डार्क मोड छान्न सक्नुहुन्छ ।
वालपेपरमा थप रंगीन कलेबर थप्नका लागि Tinted अप्सन छान्नुहोस्
६. होमस्क्रिनका पेजहरुलाई व्यवस्थापन गर्नका लागि

होमस्क्रिनको ब्याकग्राउण्डमा केहीबेर थिच्नुहोस् र Edit अप्सनमा ट्याप गर्नुहोस्
त्यसपछि Edit Pages छान्नुहोस्
त्यहाँबाट होमस्क्रिन पेजलाई reorder, hide तथा show गर्न सकिन्छ ।
– एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *