गृहमन्त्रीलाई सहकारी पीडितको प्रश्न : जीबी राई र सागर केसी कहिले पक्राउ पर्छन् ?
२९ चैत, बुटवल । बुटवलको सुप्रिम सहकारीका वचतकर्ताहरुले संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र व्यवस्थापक सागर केसीलाई सरकारले कहिले पक्राउ गर्छ भनेर प्रश्न गरेका छन् ।
उक्त सहकारीका पीडितहरुले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतिपक्षमा हुँदा चर्को स्वरमा जीबी राईलाई पक्राउ गर्न किन नसकेको भन्दै प्रश्न गर्ने रवि लामिछानेले अहिले गृहमन्त्री हुँदा किन पक्राउ नगरेको भन्दै प्रश्न उठाएका हुन् ।
सहकारीका मुख्य व्यक्ति पक्राउ परे पनि राजनीतिक दल र सरकारको पहुँचमा रहेकालाई उम्काउने प्रयास हुनसक्ने भन्दै अध्यक्ष राई र बुटवल शाखा व्यवस्थापक सागर केसीलाई यथाशीघ्र पक्राउ गर्न गृहमन्त्री लामिछानेसँग माग गरे ।
सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले राई र गृहमन्त्री लामिछाने विगतमा गोर्खा मिडिया प्रालिमा सँगै रहेका र त्यहाँ सहकारीको करोडौं रकम लगानी भएकाले सरकारले उनलाई पक...