Monday, December 23

सुचना/संचार

Elit scripta volumus cu vim, cum no vidit prodesset interesset. Mollis legendos ne est, ex pri latine euismod apeirian. Nec molestie senserit an, eos no eirmod salutatus.

प्रेस स्वतन्त्रताको सीमा निर्धारण गर्नुपर्छ : मन्त्री गुरुङ

प्रेस स्वतन्त्रताको सीमा निर्धारण गर्नुपर्छ : मन्त्री गुरुङ

ताजा समाचार, सुचना/संचार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्ने बताएका छन् । मंगलबारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री गुरुङले सीमा भित्र रहेर प्रेस र न्यायपालिकाले कार्य सम्पादन गर्नुपर्ने बताए । उनले सीमा भन्दा बाहिर केहि नरहेको भन्दै लोकतन्त्रको पनि सीमा रहेको बताए । उनले आवश्यक भन्दा बढी लोकतन्त्रको उपयोग गर्दा अराजकता जन्मने बताए । प्रेसलाई छुनै हुँदैन भन्ने धारणाले विधेयक निर्माण गर्न नहुने बताए । मन्त्री गुरुङले प्रेस स्वतन्त्रता सँगै मर्यादित पनि हुनुपर्ने बताए । समितिको बैठकमा बोल्दै नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको भन्दै प्रेस स्वतन्त्रतालाई थिच्ने नभई प्रोत्साहन गर्नेगरी विधेयक आउनुपर्ने बताए । उनले सरकारको तर्फब...
इन्जिनियरिङ लाइसेन्स परीक्षा : वातावरणका परीक्षार्थी शतप्रतिशत पास, केयुको नतिजा उत्कृष्ट

इन्जिनियरिङ लाइसेन्स परीक्षा : वातावरणका परीक्षार्थी शतप्रतिशत पास, केयुको नतिजा उत्कृष्ट

ताजा समाचार, सुचना/संचार
२ साउन, काठमाडौं । नेपाल इन्जिनियरिङ काउन्सिलले लिएको पाँचौं पटकको लाइसेन्स परीक्षामा ३४ प्रतिशत परीक्षार्थी पास भएका छन् । ४ हजार ६२ जनाले लाइसेन्सको परीक्षा फारम भरेकामा ३ हजार ७८८ जनाले परीक्षा दिएका थिए । तीमध्ये १ हजार २८५ जना मात्र उत्तीर्ण भएका नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष डा. विकास अधिकारीले जानकारी दिए । विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था भएकोमा गत वर्षदेखि काउन्सिलले लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको थियो । काउन्सिलले लिएको यो पाँचौंपटकको परीक्षा हो । यसपटक इन्जिनियरिङ क्षेत्रका २३ वटा विधामा लाइसेन्स परीक्षा सञ्चालन गरिएको थियो । तीमध्ये वातावरण इन्जिनियरिङमा शतप्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यसपछि सबैभन्दा धेरै उत्तीर्ण हुनेमा आर्किटेक्ट इन्जिनियर...
मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने

मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने

मौसम, समाज, सुचना/संचार
२९ जेठ, काठमाडौं । नेपालको पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भूभागमा भने अत्यधिक गर्मी छ । अझै तीन दिनसम्म मध्य र पश्चिमी तराईका भूभागमा तातो हावाको लहर चल्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन भनेको छ । महाशाखाले आज बिहान ११ बजे जारी गरेको विशेष बुलेटिनमा लेखिएअनुसार जेठ २९, ३० र ३१ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको उल्लेख छ । महाशाखाका अनुसार मधेश र बागमती प्रदेशको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा बढी गर्मी छ । ती स्थानहरुमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पनि मापन गरिएको छ । कोशी प्रदेशमा भने मनसुनी प्रणाली भित्रिसकेको छ । यस वर्ष सरदर मिति (जुन १३) भन्दा तीन दिन अघि नै मनसुन नेपालमा...
गुगल सर्च इन्जिनको विकल्पमा ओपेनएआईले बनाउँदै च्याटजीपीटी सर्च इन्जिन

गुगल सर्च इन्जिनको विकल्पमा ओपेनएआईले बनाउँदै च्याटजीपीटी सर्च इन्जिन

Travel, अन्तरास्ट्रिय, सुचना/संचार
काठमाडौँ — डेढ वर्षअघि च्याटजीपीटी सार्वजनिक गरेर चर्चामा आएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी काम गर्ने संस्था ओपेनएआईले अब गुगल सर्च इन्जिनको विकल्पका रूपमा च्याटजीपीटी सर्च इन्जिन विकास गरिरहेको छ । पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा ओपेनएआईले आगामी दिनमा सार्वजिक गर्ने सर्च इन्जिनबारे अनेक सामाग्री प्रकाशन भइरहेका छन्। गुगल सर्च इन्जिनको विकल्पमा ओपेनएआईले बनाउँदै च्याटजीपीटी सर्च इन्जिन सो फिचरमा प्रयोगकर्ताले च्याटजीपीटीलाई सोधेका प्रश्नको जवाफमा विभिन्न वेबसाइटहरूको लिंकसहित विवरणहरू आउनेछन् । आवश्यक परेको खण्डमा तस्बीरसहितको जवाफ दिने गरी सर्च इन्जिन विकासको काम भइरहेको बताइएको छ । प्रयोगकर्ताले ढोकाको बिँड कसरी फेर्ने भनेर प्रश्न सोधेमा च्याटजीपीटी सर्च इन्जिनले चित्रसहित प्रतिक्रिया दिने यसमा आबद्ध एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा द बिजनेस टा...
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

जीवनशैली, समाज, सुचना/संचार
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला २६ वैशाख, काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. वासुदेव कोइरालाका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन । तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको ...
सुनकोशी-मरिण डाइभर्सन ‘ब्रेक थ्रु’ आज

सुनकोशी-मरिण डाइभर्सन ‘ब्रेक थ्रु’ आज

अन्तरास्ट्रिय, समाज, सुचना/संचार
सिन्धुली — सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने काम सकिएपछि बुधबार ब्रेक थ्रु हुने भएको छ । ब्रेक थ्रुका लागि केही सेन्टिमिटर राखेर सुरुङ निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटरबाट ब्रेक थ्रु गरी सुरुङ खन्ने टीबीएम मेसिन बाहिर निकाल्ने कार्यक्रम रहेको आयोजना प्रमुख मित्र बरालले बताए । १३ दशमलव तीन किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ब्रेक थ्रु हुन लागेको हो । आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी र तामाकोशीको संगमस्थलभन्दा ९ सय मिटर तल नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ब्रेक थ्रु हुने आयोजना प्रमुख बरालले बताए । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङको काम कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुंग्रीसम्म हो ।...
स्याटलाइट टेलिकमबारे छलफल गर्न १० देशका २१ विज्ञ काठमाडौंमा

स्याटलाइट टेलिकमबारे छलफल गर्न १० देशका २१ विज्ञ काठमाडौंमा

What's Hot, अन्तरास्ट्रिय, सुचना/संचार
काठमाडौँ — केही समयअघि क्यानडाको अल्बेर्टा सहरको यात्रापछि दुई महिला राजमार्ग बन्दका कारण वैकल्पिक बाटो प्रयोग गरी होम्स फरेस्ट सर्भिस रोड हुँदै घर फर्किरहेका थिए । करिब २० किमि पर पुगेपछि बाटो सकियो । जहाँबाट आएको उतै फर्किन खोज्दा उनीहरू थप अलपत्र परे, हिँउमा फसेर हराए नै । दुवैको मोबाइलमा कुनै नेटवर्क उपलब्ध थिएन । दुईमध्ये एक महिलाले आफ्नो आइफोन १४ मा रहेको इमर्जेन्सी एसओएस भाया स्याटलाइट सेवा एक्टिभेट गरिन् । त्यो एक्टिभेट हुनासाथ आसपासको ‘सर्च एन्ड रेस्क्यु टिम’ले उनीहरूको खोजी कार्य थाल्यो । जीपीएस ठेगानामार्फत उनीहरूसम्म पुगेर दुवै महिलाको सफल उद्धार गरियो । एप्पलले सन् २०२२ मा आईफोन १४ मा इमर्जेन्सी एसओएस फिचर समावेश गरेयता यसले धेरैको ज्यान जोगाएको र उद्दारमा सहयोग पुर्‍याएका यस्ता खबर बेलाबखत बाहिर आइरहेका छन् । पछिल्लो समय ओमी, ओप्पो, भिभो, मोटोरोला, नथिङ र अनर फोनका...
६ जना सचिवको सरुवा

६ जना सचिवको सरुवा

अन्तरास्ट्रिय, ताजा समाचार, सुचना/संचार
२१ वैशाख, काठमाडौं । ६ जना सचिवको सरुवा भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई लगिएको छ । लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास सचिवका रुपमा सरुवा गरिएको छ । पशुपन्छीका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिइएको छ । कृषि सचिव गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गरिएको छ ।...
फेक नोटिफिकेसन नचिन्दा ह्याक हुनसक्छ तपाईको फेसबुक अकाउन्टसँगै पेज, यसलाई कसरी जोगाउने ?

फेक नोटिफिकेसन नचिन्दा ह्याक हुनसक्छ तपाईको फेसबुक अकाउन्टसँगै पेज, यसलाई कसरी जोगाउने ?

सुचना/संचार
फेक नोटिफिकेसन नचिन्दा ह्याक हुनसक्छ तपाईको फेसबुक अकाउन्टसँगै पेज, यसलाई कसरी जोगाउने ? पछिल्लो समय फेसबुक पेज ह्याक हुने घटनाक्रम बढिरहेका छन् । नेपालमा मात्र होईन यो संसारभर थुप्रै चर्चित व्यक्ति तथा संस्थाका फेसबुक पेजहरू दिनदिनै ह्याक भइरहेका हुन्छन् । मे २०२३ तिर विश्व चर्चित फुटबलर डियागो म्यारोडोनाको फेसबुक पेज ह्याक भएको थियो । २०२० मा उनको देहान्त भएपछि परिवारले चलाउँदै आएको एक करोड २० लाख फलोअर भएको सो पेजमा असान्दर्भिक सामग्री राखिएपछि ह्याक भएको आशङ्का गरिएको थियो । पछि उनको परिवारले एक्समा पोस्ट राख्दै आधिकारिक रूपमा पेज ह्याक भएको जानकारी दियो । त्यसबाहेक ह्याक भएका चिर परिचित अकाउन्ट अरू पनि थुप्रै छन् । नेपालमै पनि दिनहुँजसो फेसबुक पेज ह्याक भएका घटना बाहिरी रहेका हुन्छन् । सामान्य पेज मात्र नभएर फेसबुकले आधिकारिक प्रमाणित गरेका भेरिफाइड नेपाली फेसबुक पेज पनि ह्याकरक...
राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

अन्तरास्ट्रिय, सुचना/संचार
खोटाङ । छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ । आयोजनाका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक, एसियाली विकास बैंक र सरकारबीच आयोजना निर्माणको काम शीघ्र थाल्ने सहमति गत बिहीबार भएको हो । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, दुवै मन्त्रालयका सचिव, अन्य सम्बद्ध निकायका पदाधिकारी तथा नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जेर्भोस तथा एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नाउड काउचियोस सहभागी बैठकमा आयोजनाको वित्तीय व्यवस्थापन चाँडो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ । दू...