Monday, December 23

सुचना/संचार

Elit scripta volumus cu vim, cum no vidit prodesset interesset. Mollis legendos ne est, ex pri latine euismod apeirian. Nec molestie senserit an, eos no eirmod salutatus.

सत्यको खोजीमा

सत्यको खोजीमा

ताजा समाचार, राजनीति, सुचना/संचार
सन् २००४ को अगस्तमा गेरुवस्त्र लगाएर म घरबाट निस्कें । कहाँ जानु छ, मलाई थाहा थिएन, कुनै योजना थिएन । घरबाट निस्कँदा बुबालाई काशी गएर गङ्गामा पहिला स्नान गर्ने र त्यसपछि मात्र आफ्नो खोज आरम्भ गर्ने भनेको थिएँ तर म सीधै पूर्वतिर लागें । मेरो साथमा रामानन्द पनि थियो । उसले आफूलाई मेरो चेला भनेर परिचय गराउने गर्दथ्यो । बाटामा धेरै ठाउँमा सैनिकले हामीलाई रोके । तिनीहरूले यात्रीलाई बसबाट ओर्लिन भन्थे र सबै सर-सामान जाँच गर्थे । मलाई याद छ, एक ठाउँमा सैनिकले मेरो झोलाबाट एक-एक सामान बाहिर निकालेर टेबलमा थुपार्दै राम्ररी जाँचेको थियो । मेरो झोलामा केही लुगा र किताबहरू थिए । किताबहरूमध्ये गान्धीको ‘सत्य के प्रयोग वा आत्मकथा’, योगानन्दको ‘अटोबायोग्राफी अफ् अ योगी’, आइन्स्टाइनको ‘आइडियाज एन्ड अपिनियन्स’ र साईबाबाको किताब थियो । झोलामा मेरा एक-दुई डायरी पनि थिए । सैनिकले मेरो डायरीभित्र पल्टाएर...
‘गुमनाम सुपरस्टार’ विष्णु माझीले ल्याइन् नयाँ तीज गीत

‘गुमनाम सुपरस्टार’ विष्णु माझीले ल्याइन् नयाँ तीज गीत

मनोरन्जन, सुचना/संचार
काठमाडौं । तीज नजिकिएसँगै सामाजिक संजालमा एउटा भनाइ चर्चामा हुन्छ- ‘जबसम्म विष्णु माझीको गीत आउँदैन तबसम्म तीज लागेको महसुस हुँदैन ।’ लामो समयदेखि आफूलाई सार्वजनिक जीवनबाट लुकाउँदै आएकी गायिका माझीको गीत सुन्न प्रशंसक तीजमा अधैर्य हुन्छन् । आफ्ना गीतमा महिलाको वेदना र पीडा दर्शाउने उनका गीत धेरैजना माझ चर्चित पछि छन् । यो तीजमा पनि माझीले नयाँ गीत ल्याएकी छन् । ‘आइन आमा यो तीजमा’ बोलको तीज गीत शनिबार युट्युवमा सार्वजनिक भएको छ । यो गीतलाई उनको ‘पुतलीको भट्टी भाग २०’को श्रृंखलाको रुपमा चिनाइएको छ । यो पनि पढ्नुहोस टेलर स्वीफ्टको मात्रै होइन, बिष्णु माझीको पनि बन्न सक्छ इतिहास माझीकै श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । ठीक ११ महिनापछि माझीले यो नयाँ गीत ल्याएकी हुन् । गीतको भिडियोमा पनि माझीलाई फिचर्ड गरिएको छैन, उनको पाश्र्वगायन मात्र छ । यो गीतलाई आशिष अविरलको स्टु...
आँबुखैरेनी बस दुर्घटनाका मृतकका शवको परीक्षण सुरु, १२ बजे सकिने

आँबुखैरेनी बस दुर्घटनाका मृतकका शवको परीक्षण सुरु, १२ बजे सकिने

ताजा समाचार, सुचना/संचार
८ भदौं, चितवन । तनहुँको आँबुखैरेनीस्थित ऐना पहरा नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका २७ जनाको शवको भरतपुर अस्पतालमा पोष्टमार्टम थालिएको छ । बिहान ८ बजेदेखि पोष्टमार्टम सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मध्यान्न १२ बजेसम्म सबै शवहरुको पोष्टमार्टम सकेर सम्बन्धित पक्षलाई जिम्मा लगाइने बताए । एउटा शवको पोष्टमार्टम गर्न १० देखि १५ मिनेट लाग्ने डा. पौडेलले बताए । ‘दुर्घटनामा परेर मृत्यु भएको हो, खासै धेरै समय पनि लाग्दैन, चोटपटक नदेखिएकाहरुको पेट खोलेर हेर्ने हो, टाउको खोल्नु पर्दैन,’ डा. पौडेलले भने, ‘शंकास्पद मृत्यु नभएकोले धेरै समय लिंदैन, प्रक्रिया पुर्‍याउन मात्रै खोजिएको हो ।’ अस्पतालका फरेन्सिक चिकित्सक डा. कश्यप श्रेष्ठको नेतृत्वमा ३ जना चिकित्सकहरुको टोलीले शवहरुको पोष्टमार्टम गरिरहेको छ । दुर्घटनामा परेर ...
३०१८ अंकसम्म पुगेर फर्कियो सेयर बजार

३०१८ अंकसम्म पुगेर फर्कियो सेयर बजार

ताजा समाचार, सुचना/संचार
६ भदौ, काठमाडौं । साता कारोबारको अन्तिम दिन पनि सेयर बजारमा उच्च उतारचढाव देखियो । दिउँसो १२ : ४६ बजे बजार परिसूचक नेप्से ३०१८ अंकसम्म पुगे पनि ३ हजारमाथि टिक्न सकेन । अन्ततः बजार अंकमा रहेर बन्द भयो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक जम्मा ६.०१ अंक बढेको हो । कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १८ अर्ब ९० करोडको कारोबार भएकोमा यस दिन १९ अर्ब १६ करोडको भयो । १३२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ३ को स्थिर रह्यो । विकास बैंक समूहमा उल्लेख्य आकर्षण देखियो । सो समूहको सूचक ४.५ प्रतिशत बढ्यो । बैंकिङ ०.१७, फाइनान्स १.२३, होटल तथा पर्यटन १.३१, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.२८ प्रतिशत बढे । ब्यापार १.५५, अन्य ०.३०, निर्जीवन बीमा १.१२, उत्पादन ०.५६ र लगानी समूह १.०८ प्रतिशत घटे । ७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । तारागाउँ रिजेन्सी, नारायणी विकास बैंक, ज्योति वि...
कैलालीमा बाढीले आपत्

कैलालीमा बाढीले आपत्

समाज, सुचना/संचार
६ भदौ, कैलाली । स्थानीय खोला तथा नदी बस्ती पसेपछि कैलालीको भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् । बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो । पूर्ण रुपमा डुबानमा परेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय खेमराज पाण्डेले जानकारी दिए । नगरपालिकाको वडा नं ८ अधिक प्रभावित भएको छ । उक्त वडाका स्थानीयलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ । वर्षा नरोकिएकाले उनीहरुको व्यवस्थापनमा समस्या भएको छ । घरमा बाढी पसेपछि अन्नपात जोगाउन कठिन भएको स्थानीय कल्लु चौधरीले बताए । केही छिमेकी अन्नपात छाडेर ज्यान जोगाउनतर्फ लागेकाले धेरै क्षति भएको उनले सुनाए । भजनी नगरपालिका ५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भ...
महिला टी-२० विश्वकप यूएईमा हुने

महिला टी-२० विश्वकप यूएईमा हुने

खेलकुद, मनोरन्जन, सुचना/संचार
५ भदौ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप त्यहाँबाट यूएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ । यसअघि महिला विश्वकप आगामी अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो । तर बंगलादेशमा भएको पछिल्लो विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा प्रतियोगिता हुने नहुने अनिश्चित बनेको थियो । यसअघि भारतलाई महिला टी२० विश्वकप आयोजनाका लागि प्रस्ताव गरेपनि भारतले अस्वीकार गरेको थियो । अब महिला टी-२० विश्वकप यूएईको दुई शहर दुबई र शारजहामा हुने आईसीसीले जनाएको छ । आईसीसीका प्रमुख कार्यकारी जेफ एलार्डासले बंगलादेशमा विश्वकप आयोजना गर्न नपाउनु लाजमर्दो कुरा रहेको बताएका छन् । यस्तै विश्वकप आयोजकको रुपमा आगाडी आएको इमिरेट्स क्रिकेट बोर्डलाई एलार्डासले धन्यवाद दिएका छ...
इलामका किसान ‘ड्रागनफ्रुट’मा आकर्षित

इलामका किसान ‘ड्रागनफ्रुट’मा आकर्षित

कृषि, सुचना/संचार
५ भदौ, इलाम । इलाममा किसान ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षित हुँदै गएका छन् । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका हुन् । इलामको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गरेका छन् । एक बिगाहा जग्गामा लगाइएका ३ हजार बिरुवाबाट उनले फल बेचेर ८ लाख र बिरुवा बिक्रीबाट ४ लाख रुपैयाँ आम्दानी गरेका हुन् । ‘यस वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ, जसबाट आम्दानी बढ्ने अपेक्षा गरेको छु’, उनले भने । उद्यमी लिम्बूले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागनफ्रुटको फल र बिरुवा उत्पादन गर्दै आएका छन् । तीन वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी सुरु गरेका उनले मलेसियन प्रजातिको रातो ड्रागनफ्रुट रोपेका छन् । आफूले उत्पादन गरेका ड्रागनफ्रुट र बिरुवाको बजारीकरणमा समस्या नभएक...
अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ ।

मौसम, समाज, सुचना/संचार
४ भदौ, बुटवल। अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पहिरो खस्न थालेपछि पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै थापाको मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका सूचना अधिकारी प्रहरी निरक्षिक दीपेन्द्र रावलले बताए । पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत च्यापिएर मरेका प्रहरीले जनाएको छ । उक्त गोठ पक्की पिल्लरसहित २ तले थियो । @अनलाइनखबर...
अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।

Travel, समाज, सुचना/संचार
४ भदौ, म्याग्दी । अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सीमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सो सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ । यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । अहिले वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको सिंगा तातोपानीका व्यवसायी कुमार केसीले जानकारी दिए । सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ । धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । ‘बेनी–दरबाङ सडक पाखो र...
नेपाल टेलिकमको खुद मुनाफा घट्यो

नेपाल टेलिकमको खुद मुनाफा घट्यो

ताजा समाचार, सुचना/संचार
३१ साउन, काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको नाफा घटेको छ । कूल आयमा कमीसँगै खुद मुनाफामा पनि कमी आएको हो । सो आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ । उक्त रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कूल ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो । यस अनुसार नेपाल टेलिकमको कूल आय आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ८० करोड ६५ लाख अर्थात् ६.३२ प्रतिशतले कमी आएको छ । नेपाल टेलिकमको कूल सञ्चालन आय पनि ४.९९ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँ थियो । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार रुपैयाँले कमी हो । आर्थिक वर्ष २०७९/८० मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो । आय नै घटेकाले आर्थिक वर्ष २०८०/८१ मा ख...