Monday, December 23

सुचना/संचार

Elit scripta volumus cu vim, cum no vidit prodesset interesset. Mollis legendos ne est, ex pri latine euismod apeirian. Nec molestie senserit an, eos no eirmod salutatus.

आर्थिक वृद्धिमा असफल प्रयास र अर्थतन्त्र सुधारको अपेक्षा

आर्थिक वृद्धिमा असफल प्रयास र अर्थतन्त्र सुधारको अपेक्षा

ताजा समाचार, सुचना/संचार
निवर्तमान अर्थमन्त्री वर्षमान पुनले १५ जेठ २०८१ मा ल्याएको १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट कार्यान्वयनमा गएको पनि करिब डेढ महिना भइसकेको छ । ३१ असारमा सरकार (प्रधानमन्त्री केपी शर्मा ओली) बनेसँगै चालु बजेट संशोधन गरिने हो कि भन्ने आशंका पनि पाइन्छ । तत्कालीन अर्थमन्त्री पुनले यथार्थपरक र उपयुक्त आकारको दाबी गरिरहेको र नेकपा एमाले समेतले पारित गरेको बजेट एमालेकै नेतृत्वमा प्रधानमन्त्री र अर्थमन्त्री बनिरहँदा फेरि संशोधनको आवाज मुखरित हुनुले विभिन्न किसिमका संशय पैदा भएको छ । अझ सत्तारुढ दलहरूले न्यूनतम साझा कार्यक्रम ल्याउने/नल्याउने अन्योलले आगामी बजेट कार्यान्वयनको बाटो पनि अल्मल्याइरहेको छ । अर्थतन्त्रको वाह्य क्षेत्र खासगरी विदेशी मुद्रा सञ्चितिमा निरन्तर सकारात्मक रेकर्ड बनाइरहेको छ । अर्कातिर, आर्थिक संकुचन, शिथिलता र विश्वास अभाव झेलिरहेको आन्तरिक अर्थतन्त्रको विद्यमान परिवेशमा ...
महामन्त्रीका प्रतिवेदनमा छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक बस्दै

महामन्त्रीका प्रतिवेदनमा छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक बस्दै

ताजा समाचार, राजनीति, सुचना/संचार
११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बिहान ११ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मालाई बोलाइएको छ । दुई महामन्त्रीले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई पारित गर्ने गरी छलफल गर्न देउवाले बैठक बोलाएको एक नेताले बताएका छन् । २३ साउन देखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेण्डाहरू माथि छलफल भइरहेको छ । गत फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जितसहित पारित गर्ने निर्णय गरेर प्रतिवेदनको निर्णय लिने अधिकार केन्द्रीय समितिलाई दिएको छ । जारी केन्द...
महोत्तरीको रामगोपालपुर-२ का वडाध्यक्ष मृत फेला

महोत्तरीको रामगोपालपुर-२ का वडाध्यक्ष मृत फेला

ताजा समाचार, सुचना/संचार
९ भदौ, जनकपुरधाम । महोत्तरीमा एक जना वडाध्यक्ष मृत फेला परेका छन् । रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित कलभर्ट छेउमा आज बिहान उनी मृत फेला परेका हुन् । यादव मृत फेला परेको छेउमा लु.प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । डिएसपी जयसवारका अनुसार मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको जस्तो देखिन्छ । तर, घटनाबारे थप खुलिसकेको छैन । अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
सुक्खा पहिरो खसेपछि अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

सुक्खा पहिरो खसेपछि अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

मौसम, राजनीति, सुचना/संचार
९ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ । वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरी प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले बताए । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।...
मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

ताजा समाचार, सुचना/संचार
९ भदौ, काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । दुर्घटनापछि बाटो एकतर्फी सन्चालनमा छ ।...
भरतपुरबाट सेनाको जहाजले लग्यो भारतीय पर्यटकको शव

भरतपुरबाट सेनाको जहाजले लग्यो भारतीय पर्यटकको शव

ताजा समाचार, सुचना/संचार
८ भदौ, चितवन । बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको छ । भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको छ । चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शुक्रबार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । २७ जना मृतकको शव भने पोस्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाइएको थियो । शनिबार भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेले काठमाडौं आएर घाइतेहरुसँग भेट गरिन् । त्यसपछि भरतपुर गई शव जिम्मा लिएर भारत लिएर गएकी हुन् । बस चालक र सहचालकको घर भने नेपाली सीम...
माओवादीको टाउकोमाथि तरबार थियो, अब हट्यो : प्रचण्ड

माओवादीको टाउकोमाथि तरबार थियो, अब हट्यो : प्रचण्ड

ताजा समाचार, सुचना/संचार
८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि माओवादीलाई ढुक्क भएको बताएका छन् । शनिबार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितले गरेको कार्यक्रममा उनले माअ‍ोवादीको टाउकोमाथि झुुण्डिएको तरबार हटेको टिप्पणी गरे । ‘अब तपाईं हाम्रो टाउकोमा तरबार झुण्ड्याएको जस्तो थियो, त्यो तरबार हट्यो, अब डराउनुपर्ने अवस्था छैन’, उनले भने । माओवादी सशस्त्र युद्ध सकिएको १८ वर्ष भइसक्दा पनि शान्ति प्रक्रियाको कामहरु पूरा भएको छैन । हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको संशोधन विधेयक पारित भएको छ । यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीहरु छानबिन अगाड...
सुख्खा पहिरो खसेपछि पाल्पा बुटवल सडक बन्द

सुख्खा पहिरो खसेपछि पाल्पा बुटवल सडक बन्द

ताजा समाचार, सुचना/संचार
८ भदौ, पाल्पा । शनिबार दिउँसो सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा- बुटवल खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले पाल्पा-बुटवल सडक अवरुद्ध भएको हो। ठूला ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका हवल्दार नवीन भण्डारीले जानकारी दिए । सिद्धबाबा सुरुङ मार्गको दुईवटा मेसिनले पहिरो हटाउन सुरु गरे पनि ढुंगासहितको पहिरो ठूलो भएको हुँदा सडक सञ्चालनमा ल्याउन चार/पाँच घण्टा लाग्ने भण्डारीले बताए । सडक अवरुद्ध हुँदा दुबै तर्फका सवारीसाधन बाटोमै रोकिएका छन् । अहिले पनि स साना ढुङ्गा खस्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या हुनसक्ने प्रहरीले जनाएको छ।...
भारतकी राज्यमन्त्रीले भेटिन् बस दुर्घटनाका घाइते

भारतकी राज्यमन्त्रीले भेटिन् बस दुर्घटनाका घाइते

ताजा समाचार, सुचना/संचार
८ भदौ, काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मर्स्याङ्दी नदी किनारमा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेसँग भेट गरेकी छन् । शुक्रबार भारतीय पर्यटक सवार बस बिहान करिव साढे ११ बजे तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहरा नजिक सडकमा अनियन्त्रित भई मर्स्याङ्दी नदी किनारामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । सो घटनापछि शनिबार नेपाल आएकी भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले शिक्षण अस्पताल पुगेर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएकी हुन् । घाइतेको अवस्था जानकारी लिएसँगै उनले सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखक र सुरक्षा निकायका अधिकारीहरुसँग भेट गरेकी छन् । उनले घाइतेहरु...
‘अब द्वन्द्वका पीडितहरूको न्यायको सपना पूरा हुन्छ’

‘अब द्वन्द्वका पीडितहरूको न्यायको सपना पूरा हुन्छ’

ताजा समाचार, सुचना/संचार
बिहीवार संघीय संसद्को राष्ट्रिय सभाले संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रतिनिधिसभाबाट परिमार्जित विधेयकलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । यो विधेयक प्रमाणीकरण भएसँगै एक दशक लामो सशस्त्र द्वन्द्वसँग सम्बन्धित मानवअधिकार उल्लंघनको छानबिनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग अनि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन हुने प्रक्रिया अघि बढेको छ । २०७२ सालमा संविधान जारी भएलगत्तै केपी ओली नेतृत्वमा गठित सरकारको कानुन मन्त्री र पछि महान्यायाधिवक्ता समेत रहेका अग्नि खरेल संक्रमणकालीन न्यायसँग जोडिएका कानुन निर्माण र परिमार्जनमा संलग्न रहे । कानुन निर्माणमा ढिला भएको स्वीकार्दै उनी अब ढिलो नगरी संक्रमणकालीन न्यायका विषय टुंग्याउनुपर्ने बताउँछन् । विधेयकमा रहेका प्रावधान, दुई आयोगको गठन र त्यसपछिका प्रक्रियाबारे अनलाइनखबरका कृष्ण ज्ञवाली र सुदर्शन खतिवडाले उनै खरेलसँग गरेको कुराकानीको सम्प...