Monday, December 23

सुचना/संचार

Elit scripta volumus cu vim, cum no vidit prodesset interesset. Mollis legendos ne est, ex pri latine euismod apeirian. Nec molestie senserit an, eos no eirmod salutatus.

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अन्तरास्ट्रिय, ताजा समाचार, सुचना/संचार
काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि चोरीको उद्धेश्यले अपार्टमेन्टमा पुगेका बोबिसिंह शाहले गोली हानेको खुलासा भएको छ । अदालतको विवरणमा लुटपाटको उद्धेश्यले बोबिसिंह मुनाको अपार्टमेन्टमा पुगेको र सोहि क्रममा गोली हानेर हत्या गरेको उल्लेख गरिएको छ । अब बोबीसिंहलाई सेप्टेम्बर ३ मा अदालतमा उपस्थित गराइने र उनीमाथि मुनाको हत्या बाहेक गैरकानुनी हतियार राखेको मुद्धा समेत चलाइने  भएको छ । गैर कानुनी हत्याको मुद्धामा उनलाई सेप्टेम्बर ५ मा अदालतमा उपस्थित गराइने भएको छ । ५१ बर्षिय शाहलाई प्रहरीले तस्बीर सार्बजनिक भएपछि प्राप्त सूचनाका आधारमा ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको थियो । शाह मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्वीर सार्बजनिक गरेको थियो । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा ...
काठमाडौँ महानगर क्षेत्रका ५० मध्ये २० अस्पताल फोहोर व्यवस्थापन मापदण्ड विपरीत

काठमाडौँ महानगर क्षेत्रका ५० मध्ये २० अस्पताल फोहोर व्यवस्थापन मापदण्ड विपरीत

ताजा समाचार, सुचना/संचार, स्वास्थ्य
काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गतका कतिपय अस्पतालहरु फोहोर व्यवस्थापन मापदण्ड अनुसार चल्न नसकेको पाइएको छ ।  गतवर्ष उपत्यकाका ५० वटा अस्पतालमा अनुगमन गर्दा २० वटा अस्पतालले फोहोर व्यवस्थापन मापदण्ड पालन नगरेको पाइएको महानगरको वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।  राईका अनुसार पछिल्लो पटकको अनुगमनमा मात्रै ५ वटा अस्पतालले फोहोर व्यवस्थापनको मापदण्ड पालन नगरेकोको पाइएको छ । ती अस्पतालहरुमा सहिद मेमोरियल अस्पताल, नेपाल इन्टरनेशन अस्पताल, हिमाल अस्पताल लगायत  रहेको उनको भनाइ छ ।  'फोहोर व्यवस्थापनको मापदण्ड पालन नगरेका अस्पताललाई  कारबाही गरेका छैनौँ,'  शुक्रबार आयोजित वायु प्रदूषणले बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा पारेको असरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले भनिन्, 'उहाँहरुलाई फोहोर व्यवस्थापनको मापदण्ड  पालन गर्न मौका दिइएको छ, ...
६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन

६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन

ताजा समाचार, सुचना/संचार
नवलपरासी । बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो ।  तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग  रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा  अहिले बेवारिसे अवस्थामा पुगेको हो । टावरको  अहिले स्टिलका बार चोरी हुन थालेका छन् भने भ्यूटावर मद्यपान र धुमपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले गुनासो गरिन् । “अहिले त भ्यूटावरमा लगाइएको स्टिलको बार काटेर लगिएको छ । भित्ताका प्लास्टर उप्किएको छ, लेउ लागेको छ, यत्रतत्र फोहर फालिएको छ, जमिन पनि धाँजा भएर फाट्न थालेको छ”, उनले भनिन्।   टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत भ्यूटावर न...
लुम्बिनीमा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ, कांग्रेसमा किचलो

लुम्बिनीमा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ, कांग्रेसमा किचलो

ताजा समाचार, राजनीति, सुचना/संचार
बुटवल । भदौ ४ गते विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हालसम्म रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् । प्रदेशमा १२ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गरिएअनुसार नेपाली कांग्रेसको भागमा परेको एक मन्त्रालय र सरकारलाई विश्वासको मत दिएका साना दलहरूलाई २ बटा मन्त्रालय दिने योजना अनुसार छलफल भएपनि अझैसम्म निष्कर्ष निस्कन नसकेको हो ।  विशेषगरी कांग्रेसले एक मन्त्रीको नाम टुङ्ग्याउन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको नेताहरू बताउँछन् । यस्तै जसपा (अशोक राई)पक्ष, लोसपा र नागरिक उन्मुक्ति पार्टीमध्येबाट सरकारमा सहभागी गराउने विषयमा छलफल चलेपनि अझैसम्म निर्णयमा पुग्न नसकिएको प्रदेश सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हामीले छिट...
काभ्रेमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काभ्रेमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

ताजा समाचार, सुचना/संचार
१४ भदौ, काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले बिहीबार साँझ ठक्कर दिँदा सडकमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको हो । ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गएराति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार मृतकको सनाखत भएको छैन । उनलाई ठक्कर दिने बस चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेकै नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका खुसी न्यौपाने मृत फेला परेकी छन् । बिहीबार अपराह्न घरबाट हराएकी उनलाई दाप्चा खोलाको दहमा मृत फेला परिएको र घटनाबारे अनुसन्धान भइरहेको जि...
नेपाली दम्पती कुन महिनामा बढी सन्तान जन्माउँछन् ?

नेपाली दम्पती कुन महिनामा बढी सन्तान जन्माउँछन् ?

ताजा समाचार, समाज, सुचना/संचार
१२ भदौ, काठमाडौं । नेपालमा सर्वाधिक प्रसूति गराउने स्वास्थ्य संस्था हो, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल । तथ्यांकले देखाउँछ, यहाँ वार्षिक २५ हजार हाराहारी प्रसूति गराइन्छ । यही तथ्यांकलाई आधार मानेर हामीले ५ वर्ष यताको जन्मदर र जन्म–महिनाको अनुपात हेर्‍यौं । यसबाट के देखियो भने नेपाली दम्पतीले साउन, भदौ र असोज महिनामा बढी सन्तान जन्माएका छन् । प्रसूति गृहको तथ्यांकले यी तीन महिनामा २२०० देखि २३०० को हाराहारीमा सन्तान जन्मिएको देखाउँछ । तर फागुन, चैत, वैशाख लगायत महिनामा सो संख्या घटेर १५०० देखि १६०० मा आइपुग्छ । हामीले आव २०७६-७७ देखि २०८०-८१ सम्म पाँच बर्षको तथ्यांक केलाएका थियौं । पाँच बर्षको अवधिमा जन्म संख्या र महिनाको अनुपात लगभग मिल्दो देखियो । जस्तो आव २०७६-७७ को साउन महिनामा २२ सय ७३ जनाको प्रसूति गराइएको छ भने आव २०८०-८१ को सोही महिना २१ सय ४१ जनाको प्...
हेटौंडाका दुई पुराना विद्यालय मर्ज गर्ने तयारी

हेटौंडाका दुई पुराना विद्यालय मर्ज गर्ने तयारी

ताजा समाचार, शिक्षा, सुचना/संचार
१२ भदौ, हेटौंडा । हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत (मर्ज) गरी सञ्चालन गर्ने गृहकार्य अघि बढेको छ । शिक्षा मन्त्रालयले ‘बिग स्कूल’ को अवधारणामा छलफल चलाउन थालेपछि हेटौंडाका दुई ठूला भुटनदेवी मावि (प्राविधिक शिक्षालय) र आधुनिक राष्ट्रिय मावि एकीकृत गर्ने विषयमा छलफल सुरु भएको हो । यी दुवै विद्यालय हेटौंडाको ४ नम्बर वडामा सँगै जोडिएको अवस्थामा छन् । बजारको मध्यभागमा रहेका दुवै विद्यालयलाई एउटा पर्खालले मात्रै छेकेको छ । यी दुई विद्यालयसँगै सामुदायिक शैक्षिक संस्था हेटौंडा क्याम्पस छ । हेटौंडा उपमहानगरपालिका–४ का वडाअध्यक्ष नवीन सिग्देलले दुई विद्यालय एकीकृत गरी ‘मेघा विद्यालय’ बनाउने अवधारणा अगाडि बढाइएको बताए । उनी भुटनदेबी मावि व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । ‘आधुनिक र भुटनदेवी एकीकृत गरी ‘मेघा विद्यालय’ को अवधारणामा सञ्चालन गर्ने विषयमा सरोकारवाला ...
एक महिनादेखि प्रहरी अस्पताल प्रमुखविहीन, एआईजीको दौडमा ३ प्रतिस्पर्धी

एक महिनादेखि प्रहरी अस्पताल प्रमुखविहीन, एआईजीको दौडमा ३ प्रतिस्पर्धी

ताजा समाचार, सुचना/संचार
१२ भदौ, काठमाडौं । नेपाल प्रहरी अस्पताल एक महिनादेखि प्रमुखविहीन छ । १० साउनमा प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर तथा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंह अवकाशमा गएकी थिइन् । १४ पुस २०७६ मा अस्पताल प्रमुख बनेकी सिंह साढे चार वर्ष जिम्मेवारी सम्हालेपछि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएकी थिइन् । उनी अवकाशमा गएपछि निमित्त प्रमुखको जिम्मेवारी डा. सुन्दरप्रसाद ह्योजुले पाएका छन् । प्रमुखविहीन भएको एक महिना बित्दासम्म सरकारले एआईजी बढुवाको तयारी गरेको छैन । प्रहरी बढुवाका लागि गृह मन्त्रालयका सचिवको संयोजकत्वमा समिति रहेको छ । समितिमा गृहसचिवका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक (आईजी) सदस्य सचिव रहने व्यवस्था छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रहरी बढुवाका लागि छुट्टै समिति हुने भएकाले आफू यसबारे जानका...
फेरि घटायो अष्ट्रेलियाले विदेशी विद्यार्थीको कोटा

फेरि घटायो अष्ट्रेलियाले विदेशी विद्यार्थीको कोटा

अन्तरास्ट्रिय, ताजा समाचार, शिक्षा, सुचना/संचार
११ भदौ, काठमाडौं । अष्ट्रेलियाले विदेशी विद्यार्थीको सङ्ख्यामा पुनः कटौती गरेको छ । नयाँ निर्णयअनुसार सन् २०२५ मा अष्ट्रेलियाले दुई लाख ७० हजार विदेशी विद्यार्थीलाई मात्रै अध्ययन भिसा दिनेछ । बेलायत र क्यानडाले जस्तै आप्रवासी विद्यार्थी नियन्त्रणको नीति लिएको अष्ट्रेलियाले विदेशबाट आउने विद्यार्थीको संख्या न्यूनीकरण गर्ने निर्णय यसअघि पनि गरेको थियो । शिक्षामन्त्री जेसन क्लेयरले मंगलबारको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि तोकिएको सीमाबारे बताए । शिक्षामन्त्री क्लेयरले सरकारले तय गरेको नयाँ सीमाबारे विश्वविद्यालयहरूलाई सूचना दिने पनि बताएका छन् । उनका अनुसार नयाँ सीमा अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या विश्वविद्यालयका लागि १ लाख ४५ हजार र व्यवहारिक र सीपमा आधारित पाठ्यक्रमका लागि ९५ हजारसम्म सीमित गरिने छ । कोरोना महामारीपछि अष्ट्रेलियाले लचिलो नीति...
कालीमाटी बजारमा बोडी महँगियो, यस्तो छ तरकारी भाउhttps://hamalakhabar.com/archives/3969

कालीमाटी बजारमा बोडी महँगियो, यस्तो छ तरकारी भाउhttps://hamalakhabar.com/archives/3969

ताजा समाचार, सुचना/संचार
११ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा तने बोडी महँगिएको छ । अघिल्लो दिनको तुलनामा एकैदिन तने बोडी ३९ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिन औसत ६८ रुपैयाँ प्रतिकिलो रहेको तने बोडी मंगलबार ९५ रुपैयाँ पुगेको छ । प्याजको भाउ भने स्थिर छ । मंगलबार कालीमाटी बजारमा प्याज प्रतिकिलो १२० रुपैयाँ छ । कालीमाटीमा हाल स्कुस सबैभन्दा सस्तो छ । स्कुसको सिजन सुरु भएकाले यो तरकारी प्रतिकिलो अधिकतम ३० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आज डल्लो भन्टा, भिण्डी सस्तिएको छ । समितिका अनुसार सोमबार नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो ७० रुपैयाँ छ । रातो आलु ७०, स्थानीय गाजर १००, बन्दा ६०, स्थानीय काउली १२०, लाम्चो भन्टा ३०, डल्लो भन्टा ४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । घिउ सिमी १२०, टाटे सिमी ९०, तिते करेला ४०, लौका ५०, परवर ७...