Monday, December 23

सुचना/संचार

Elit scripta volumus cu vim, cum no vidit prodesset interesset. Mollis legendos ne est, ex pri latine euismod apeirian. Nec molestie senserit an, eos no eirmod salutatus.

नेपाल प्रहरीमा एकैपटक ९० प्रहरी अधिकृतको अवकाश

नेपाल प्रहरीमा एकैपटक ९० प्रहरी अधिकृतको अवकाश

ताजा समाचार, सुचना/संचार
१६ भदौ, काठमाडौं। नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश अधिकृत १६ भदौ (आइतबार) बाट लागू हुने गरी अवकाशमा गएका छन् । प्रहरी सेवामा अवकाशका लागि उमेरहद, सेवाअवधि र पदावधि गरी तीन किसिमको व्यवस्था छ । १६ भदौबाट अवकाशमा जान लागेका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने भन्दै रिट निवेदन दिएका थिए । निवेदनमाथि सुनवाइ गर्दै न्यायाधीश हरि फुयाँलको इजलासले तत्काल ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन भनेको थियो । तर, त्यसविरुद्ध सरकारले दिएको भ्याकेट निवेदनबाट अन्तरिम आदेश खारेज भएपछि उनीहरु अवकाशमा गएका हुन् । आइतबारबाट अवकाशमा गएकाहरुमा डीआईजी विष्णुकुमार केसीसहित ११ एसएसपीहरु जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मै...
जापानमा एक्लोपनको गम्भीर समस्या: ४ हजार जनाको शव एक महिनापछि मात्रै भेटियो

जापानमा एक्लोपनको गम्भीर समस्या: ४ हजार जनाको शव एक महिनापछि मात्रै भेटियो

ताजा समाचार, सुचना/संचार
१५ भदौ, काठमाडौं । जापानमा यस वर्षको पहिलो ६ महिना अवधिमा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेका छन् । जापान पुलिसले हालै सार्वजनिक गरेको रिपोर्टले एक्लोपनका कारण ठूलो संख्यामा मृत्यु भएको देखाएको हो । जापानको राष्ट्रिय पुलिस एजेन्सीका अनुसार तथ्यांकमध्ये करिब ४ हजार जना मानिसको शव एक महिनापछि मात्रै फेला परेको थियो । १ सय ३० जनाको मृत्यु भएको करिब एक वर्षसम्म पनि थाहा हुन सकेको थिएन । संयुक्त राष्ट्र संघका अनुसार यसबेला जापानमा सबैभन्दा बढी वृद्ध वर्गको जनसंख्या छ । र, त्यहाँ एक्लोपनको गम्भीर समस्याका रुपमा देखा परेको छ । यो रिपोर्ट सार्वजनिक भएसँगै जापानी प्रहरी एजेन्सीले एक्लै बाँच्ने र मर्दा पनि एक्लै हुने गरी पछिल्लो समय जापानमा आइरहेको समस्या उजागर गर्ने विश्वास लिएको छ । जापानको राष्ट्रिय पुलिस एजेन्सीको तथ्यांकअनुसार एक्लै बस्ने करिब ३७ हजार २२७ जना आफ्नै घरमा मृत ...
सडकमा ढल नबनाउँदा बस्ती डुबान

सडकमा ढल नबनाउँदा बस्ती डुबान

ताजा समाचार, सुचना/संचार
१५ भदौ, सिरहा । सिरहाको सदरमुकामस्थित बजारसँगै जोडिएको बसबिट्टा बस्ती थोरै बर्खामा पनि डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बस्तीका करिब पाँच सय घरपरिवार बर्सेनि डुबानको समस्यामा पर्दै आएका छन् । बस्तीको पूर्वतर्फ गत वर्ष पक्की सडक बनेसँगै डुबान प्रभावित क्षेत्र झन् विकराल बन्दै गएको स्थानीय पीडित रामविलास यादवले बताए । ‘बस्तीको पूर्वतर्फबाट नाला निर्माण नगरी पक्की सडक बन्यो । त्यसपछि यो वर्ष त पूरै गाउँ सामान्य वर्षामै डुबानमा पर्‍यो’, उनले भने, ‘कति महिनासम्म डुबान रहिरहने हो टुंगो छैन ।’ समस्याको दीर्घकालीन समाधान गर्नतर्फ कसैले ध्यान नदिएको उनको गुनासो छ । बस्तीको पश्चिमतर्फ नजिकै कमला नदीमा रहेको तटबन्धका कारण पानी निकासमा समस्या भएको अर्का स्थानीयवासी राजकुमार यादवको भनाइ छ । ‘एकातर्फ कमला नदीको तटबन्ध छभने अर्कातर्फ बस्तीभन्दा अग्लो गरी पक्की सडक निर्माण गरिएको छ । अनि ...
जलवायुसम्बन्धी आगामी सम्मेलन कोप–२९ ‘फाइनान्स कोप’ हुने

जलवायुसम्बन्धी आगामी सम्मेलन कोप–२९ ‘फाइनान्स कोप’ हुने

ताजा समाचार, सुचना/संचार
१५ भदौ, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुने भएको छ । कोप–२९ आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि मंसिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुँदैछ । यो सम्मेलनमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’का विषय छलफलको सबैभन्दा प्राथमिक सूचीमा रहेकाले पनि यस सम्मेलनलाई फाइनान्स कोप भनिएको हो । वन तथा वतावरण मन्त्रालयको जलवायु परिवर्तत व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले कोप–२९ मा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’ विषयलाई अन्तिम रुपम दिने र रकमको स्रोतसमेत निर्धारण गर्ने काम हुने भएकाले यो सम्मेलन जलवायु वित्तका दृष्टिकोणले महत्वपूर्ण हुने बताए । ‘जलवायु वित्तमा नयाँ सामूहिक परिमाणित लक्ष्य (एनसिक्यूजी) लाई अन...
ढोरपाटन सिकार आरक्षको करिब २०० हेक्टर जमिन अतिक्रमण

ढोरपाटन सिकार आरक्षको करिब २०० हेक्टर जमिन अतिक्रमण

ताजा समाचार, सुचना/संचार
१५ भदौ, म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको पाइएको छ । एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । आरक्षको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा १८५ हेक्टर जमिन अतिक्रमण भएको उल्लेख छ । जग्गाधनी पुर्जा भएकै घरछेउमा जग्गा अतिक्रमण गरेर आफ्नो कम्पाउन्डमा भित्र्याउने क्रम बढेको हो । आरक्षको जग्गा बर्सेनि अतिक्रमित भए पनि सरोकारवाला निकायबाट यसलाई रोक्ने प्रयास भएको छैन । आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीले ३४ स्थानमा तीन सय ११ घरधुरीले एक सय ८५ हेक्टर क्षेत्रफल जमिन अतिक्रमण गरेको बताए । ‘सिकार आरक्षमा अतिक्रण मुख्य चुनौती बनेको छ,’ उनले भने, ‘अतिक्रमण पहिचान गरी खाली गराउन नेपाल स...
लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने

ताजा समाचार, सुचना/संचार
बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माणका लागि शिलान्यास गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीहरुसहित विभिन्न विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए । अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता ...
भ्रष्टाचार निवारण विधेयकबाट पाँच वर्षे ‘हदम्याद’ को प्रावधान हट्यो

भ्रष्टाचार निवारण विधेयकबाट पाँच वर्षे ‘हदम्याद’ को प्रावधान हट्यो

ताजा समाचार, सुचना/संचार
काठमाडौँ — संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐन २०४९ संशोधन विधेयकमा रहेको थाहा पाएको पाँच वर्षभित्र भ्रष्टाचारसम्बन्धी मुद्दा चलाउन सकिने भन्ने हदम्यादको प्रावधान हटाउने सहमति भएको छ । गृहमन्त्री रमेश लेखकले राज्य व्यवस्था तथा सुशासन समितिमा यो प्रावधान हटाउन सरकार तयार रहेको जानकारी दिए । भ्रष्टाचार निवारण विधेयकबाट पाँच वर्षे 'हदम्याद' को प्रावधान हट्यो समितिका सभापति रामहरि खतिवडाका अनुसार अब समितिमा विचाराधीन विधेयकमा पाँच वर्षे हदम्यादको प्रावधान रहने छैन । अब थाहा पाएको पाँच वर्ष मात्र होइन जुनसुकै कालखण्डमा पनि भ्रष्टाचारको मुद्दा चलाउनलाई कुनै बाधा व्यवधान हुने छैन । हदम्यादको प्रावधान राखेको भन्दै आलोचना भएपछि समितिमा सदस्यहरूले पनि हटाउनुपर्ने राय बैठकमा दिएका दिए । त्यसपछि हटाउने निर्णय भएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४५ ...
पहिरोले कर्णाली राजमार्ग क्षतिग्रस्त

पहिरोले कर्णाली राजमार्ग क्षतिग्रस्त

ताजा समाचार, मौसम, सुचना/संचार
कालिकोट — बुधबार बेलुकीदेखिको अविरल वर्षाले कर्णाली राजमार्गको दैलेख-कालीकोट खण्ड क्षतिग्रस्त भएको छ । पहिरोले दैलेखको खिड्कीज्युलादेखि कालीकोटको हुल्मसम्म २२ किलोमिटर सडक भत्काएको हो । पहिरोले कर्णाली राजमार्ग क्षतिग्रस्त कालीकोटको हुल्म, कालेखोला, एस मोड, गगनेखोला, दैखोला, सिराडी, किटु, मालाचौरलगायतका ठाउँमा पर्ने सडक पूर्णरुपमा अवरुद्ध भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । 'कतिपय ठाउँमा त सडक थियो र ! भन्ने अवस्था छ,' उनले भने, 'बेमौसमी वर्षाले सडक अस्तव्यस्त बनायो ।' उनकाअनुसार कालीकोटको गगनेखोलामा पूरै सडक भत्किएको छ भने कालीकोट र दैलेखको सिमाना दैखोलामा पक्की पुलसहित क्षति भएको छ । दैखोलामा बाढीसहितको पहिरोले पुल चर्किएको छ भने पुलको छेउबाट कटान गरेर खोला बगिरहेको छ । गगनेखोलामा गत वर्ष सडक विभागले ठेक्कामार्फत लगाएको २ करोड रुपैयाँ लागतमा लगाइएको पर्खा...
रास्वपा प्रदेशमा पनि विवाद : सुदूरपश्चिम प्रदेशले सोध्यो महामन्त्री बाहुनलाई स्पष्टीकरण

रास्वपा प्रदेशमा पनि विवाद : सुदूरपश्चिम प्रदेशले सोध्यो महामन्त्री बाहुनलाई स्पष्टीकरण

ताजा समाचार, राजनीति, सुचना/संचार
महामन्त्री डा.मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही भएपश्चात् प्रदेश कार्यसमितिमा पनि विवाद देखिएको हो । रास्वपा सुदूरपश्चिम प्रदेश कार्यसमितिमा लफडा देखिएको हो । प्रदेश कार्यसमितिले महामन्त्री पारस बाहुनलाई ७२ घण्टे स्पष्टीकरण सोधेको पत्र बाहिरिएको छ । भदौ १० को मितिमा जारी भएको पत्रमा प्रदेश सभापति प्रकाश विष्टले २१ बुँदे कारण देखाउँदै स्पष्टीकरण सोधेका हुन् । ‘८ महिनाको समय अवधिमा करिब ४ महिना यता यहाँले प्रदेशको सङ्गठनप्रति चासो दिएको र सङ्गठनलाई सहयोग गरिएको देखिएन‚’ स्पष्टीकरण सोध्दै लेखिएको छ‚‘सहयोग गर्नुपर्ने ठाउँमा यहाँले केन्द्रको धाक, धम्की र घमन्ड देखाई प्रदेश नेतृत्वलाई विविध कुराहरूमा अटेर गरिएको हुँदा यहाँलाई निम्न विषयमा रही स्पष्टीकरण सोधिएको छ । साथै उक्त कुराको स्पष्ट जवाफ ७२ घण्टा (भदौ १३ गते दिउँसो १२ बजेसम्म) भित्र उपलब्ध गराउन हुन निर्देशन गरिन्छ ...
प्रधानमन्त्री ओलीबाट हाइड्रोजन कारको शुभारम्भ

प्रधानमन्त्री ओलीबाट हाइड्रोजन कारको शुभारम्भ

ताजा समाचार, सुचना/संचार
धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेका छन् । विश्वविद्यालयको २९औं दीक्षान्तअघि सो `हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो । कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो । प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताए ।...