Monday, December 23

सुचना/संचार

Elit scripta volumus cu vim, cum no vidit prodesset interesset. Mollis legendos ne est, ex pri latine euismod apeirian. Nec molestie senserit an, eos no eirmod salutatus.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला नल्याउन आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला नल्याउन आग्रह

ताजा समाचार, सुचना/संचार
२७ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा जाँच उपकरण खादा, मालाले बिग्रिएको भन्दै बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालय आग्रह गरेको छ । कार्यालयले बिहीबार एक सूचना जारी गरेर यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पु¥याइरहेको कार्यालयले जनाएको छ । ‘साथै यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको’, कार्यालयले सूचनामा भनेको छ । खादा, माला आफैंसँग लैजानै परे यात्रुले झोलाभित्र नदेखिने गरी राखेरमात्रै आउन पनि कार्यालयले अपिल गरेको छ । @अनलाइनखबर...
अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

ताजा समाचार, सुचना/संचार
२६ भदौ, काठमाडौं। कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ । अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालत दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो । कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रिया लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्यनमा ल्याउन लागेको थियो । तर, यसकाविरुद्ध अदालतमा मुद्दा परेको थियो । अब यो सेवा फेरि कहिले खुल्छ भन्ने स्पष्ट छैन । अदालतले सोमबार १९ असार, १७ साउन, ९ भदौ र १६ भदौमा कार्यालयले गरेका निर्णयअनुसारका सबै काम कारबाहीमाथि रोक लगाएको थियो । अदालतले ती निर्णय र सूचनाहरू कार्यान्वयन नगर्न/नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अनलाइन सेवाका सबै काम ठप्प भएको हो । हेर्नुहोस् सूचना : @अनलाइनखबर...
भेरी अस्पतालमा नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमरको सफल शल्यक्रिया

भेरी अस्पतालमा नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमरको सफल शल्यक्रिया

ताजा समाचार, सुचना/संचार, स्वास्थ्य
२६ भदौ, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमर शल्यक्रिया भएको छ । दिमागको बीच भागमा रहने पिट्युटरी ग्रन्थीमा पलाएको मासुको डल्लो दूरबिन विधिबाट शल्यक्रिया गर्नु जटिल मानिन्छ । यो जटिल खालको शल्यक्रिया भेरी अस्पतालका न्यूरोसर्जन विशेषज्ञ डा. सुवोध गौतम र नाक, कान, घाँटी (ईएनटी) सर्जन डा. सगुन श्रेष्ठको नेतृत्वमा भएको हो । उनीहरुले बर्दियाको गुलरिया नगरपालिका–१२ निवासी ५० वर्षीया सुप्नी थारुको भदौ १६ गते सफल शल्यक्रिया गरेका हुन् । सुप्नीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएकाले डिस्चार्ज गर्ने तयारी छ । डा. गौतमका अनुसार पिट्युटरी ग्रन्थी मान्छेको दिमागको बीच भागमा हुन्छ । यसले शरीरमा भएका अन्य सबै ग्रन्थीको कन्ट्रोल गर्छ । त्यसैले यसलाई मास्टर ग्रन्थी पनि भनिन्छ । उनी भन्छन्, ‘यसमा हुने गडबडीले मानिसमा थाइरोइडको ...
इन्टरनेट सेवा शुल्क अनिवार्य स्वीकृत गराउन निर्देशन

इन्टरनेट सेवा शुल्क अनिवार्य स्वीकृत गराउन निर्देशन

ताजा समाचार, सुचना/संचार
२० भदौ, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायमहरुलाई ग्राहकसँग लिने शुल्क/महसुलदर अनिवार्य स्वीकृत गराउन निर्देशन दिएको छ । बिहीबार प्राधिकरणको आर्थिक विश्लेषण शाखाले एक परिपत्र/सार्वजनिक सूचना गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्त बमोजिम दूरसञ्चार सेवा प्रदायकहरुले सेवा प्रदान गरे बापत ग्राहकसँग लिने शुल्क/महसुलदर प्राधिकरणबाट अनिवार्य रुपमा स्वीकृत गराउनुपर्ने स्मरण गराएको छ । कानुन अनुसार प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशित गर्नुपर्ने सूचनामा उल्लेख छ । ‘हाल कतिपय इन्टरनेट (इमेल सहित) सेवा प्रदायकहरुले सेवाको शुल्क÷महसुलदर स्वीकृत नगराई बिभिन्न सामाजिक सञ्चाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरुको वेवसाइटमा सुचना प्रकाशन गरी लागू गरेको अवस्था देखिएकाले प्राधिकरणको गम्भ...
सरकारको सबै शर्त मान्न टिकटक तयार, प्रतिबन्ध हट्दै

सरकारको सबै शर्त मान्न टिकटक तयार, प्रतिबन्ध हट्दै

ताजा समाचार, सुचना/संचार
२० भदौ, काठमाडौं । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार टिकटकले सरकारले राखेका शर्तबाहेक अन्य विषयमा पनि नेपाल सरकारलाई सघाउन सक्ने बताएका छन् । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको थियो । टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिट...
सूचना उपलब्ध नगराउनेलाई आयोगले गर्‍यो जरिवाना

सूचना उपलब्ध नगराउनेलाई आयोगले गर्‍यो जरिवाना

ताजा समाचार, सुचना/संचार
काठमाडौँ । सूचना आयोगले तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेमाथि कारबाहीका लागि सिफारिस गरेको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ (१) बमोजिम उनीमाथि कारबाहीका लागि सिफारिस गरिएको आयोगका सूचना अधिकारी तथा प्रवक्ता कमला ओली थापाले जनाएकी छन् । प्रवक्ता थापाका अनुसार कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गे निवासी बसन्त गिरीले तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह, कपिलवस्तु समक्ष सूचना माग गरेका थिए । तोकिएको समयमा सूचना नपाएपछि गिरीले सूचना आयोगमा गत वर्ष कात्तिक २० गते पुनरावेदन गरेको प्रवक्ता थापाको भनाइ छ । पुनरावेदनको सम्बन्धमा आयोगबाट तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह, कपिलवस्तुका नाममा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १० को उपदफा (२) बमोजिम ७ (सात) दिनभित्र आयोग समक्ष लिखित व्यहोरा पठाउनू भनी कात्तिक २० मा आदेश भएको थियो ...
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण

एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण

ताजा समाचार, सुचना/संचार
१७ भदौ, काठमाडौं । सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको अनुमतिपत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण गरेको छ । सरकारले सर्तसहित एनसेलको लाइसेन्स आइतबार नवीकरण गरेको हो । गत साता बिहीबार (१३ भदौ) मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेको थियो । त्यसपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो । लाइसेन्स नवीकरण भएको दूरसञ्चार प्राधिकरणको पत्र एनसेलले बुझेको छ । तर, यसबारे एनसेलले औपचारिक रूपमा केही सार्वजनिक भने गरेको छैन । एनसेलको लाइसेन्सको म्याद आइतबार (१६ भदौ) मा सकिएको थियो । दूरसञ्चार प्राधिकरणका प्रवक्ता तथा निर्देशक सन्तोष पौडेलका अनुसार एनसेलले आइतबार थप १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि उसको लाइसेन्स नवीकरण भएको हो । एनसेलले यसअघि १४ जेठमा ४ अर्ब रुपैयाँ बुझाएको थियो । ‘एनस...
चार दिनपछि एकतर्फी खुल्यो कर्णाली राजमार्ग

चार दिनपछि एकतर्फी खुल्यो कर्णाली राजमार्ग

ताजा समाचार, सुचना/संचार
१६ भदौ, काठमाडौं । चार दिनपछि कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आइतबार दिउँसो २ बजेबाट राजमार्ग एकतर्फी खुला भएको छ । १२ भदौका दिन सुर्खेत–जुम्ला सडक (कर्णाली राजमार्ग) अन्तर्गत शुभकालिका १ गगने खोला, जितेगडा, कालेखोला, दहीखोला लगायत स्थानमा पहिरो जाँदा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । यसले सो भेगको यातायात र ढुवानी सेवा प्रभावित बनेको थियो ।...
सेयर बजार २७ सयमुनि झर्‍यो, कारोबार खुम्चियो

सेयर बजार २७ सयमुनि झर्‍यो, कारोबार खुम्चियो

ताजा समाचार, सुचना/संचार
१६ भदौ, काठमाडौं । आइतबार सेयर बजारको परसूचक नेप्से २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५३.६३ अंक घटेको हो । सो अंकको गिरावटपछि परिसूचक २६९५. ९३ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १२ मिनेटमै नेप्से परिसूचक २७८१ अंकसम्म पुगे पनि वृद्धि टिकेन । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १२ अर्ब २४ करोडको कारोबार भएकोमा आज १० अर्ब ५१ करोडमा खुम्चियो । कुल ३१ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ४ को स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै क्षेत्रगत सूचक घटेका छन् । बैंकिङ २.३४, विकास बैंक १.८५, फाइनान्स ३.४४, होटल तथा पर्यटन २.९८, हाइड्रोपावर २.४०, लगानी १.३३, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा १.२३, अन्य १.०४ र व्यापार समूह ०.१९ प्रतिशत घटे । सुपर माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको ८....
नेपाल प्रहरीमा एकैपटक ९० प्रहरी अधिकृतको अवकाश

नेपाल प्रहरीमा एकैपटक ९० प्रहरी अधिकृतको अवकाश

ताजा समाचार, सुचना/संचार
१६ भदौ, काठमाडौं। नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश अधिकृत १६ भदौ (आइतबार) बाट लागू हुने गरी अवकाशमा गएका छन् । प्रहरी सेवामा अवकाशका लागि उमेरहद, सेवाअवधि र पदावधि गरी तीन किसिमको व्यवस्था छ । १६ भदौबाट अवकाशमा जान लागेका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने भन्दै रिट निवेदन दिएका थिए । निवेदनमाथि सुनवाइ गर्दै न्यायाधीश हरि फुयाँलको इजलासले तत्काल ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन भनेको थियो । तर, त्यसविरुद्ध सरकारले दिएको भ्याकेट निवेदनबाट अन्तरिम आदेश खारेज भएपछि उनीहरु अवकाशमा गएका हुन् । आइतबारबाट अवकाशमा गएकाहरुमा डीआईजी विष्णुकुमार केसीसहित ११ एसएसपीहरु जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मै...