Monday, December 23

सुचना/संचार

Elit scripta volumus cu vim, cum no vidit prodesset interesset. Mollis legendos ne est, ex pri latine euismod apeirian. Nec molestie senserit an, eos no eirmod salutatus.

एआई परियोजना चौपट पारेपछि टिकटकको मालिकले निकाले इन्टर्न

एआई परियोजना चौपट पारेपछि टिकटकको मालिकले निकाले इन्टर्न

ताजा समाचार, सुचना/संचार
बेजिङ । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको मालिक कम्पनी बाइटडान्सले आफ्नो एक इन्टर्नलाई कामबाट निकालेको छ । कम्पनीको एउटा कृत्रिम बौद्धिकता (एआई) मोडलको तालिममा बदनीयतपूर्ण तरिकाले हस्तक्षेप गरेको थाहा भएपछि कम्पनीले ती इन्टर्नलाई निकालेको बताइएको छ । नाम नखुलाइएका इन्टर्नको सो कदमले कम्पनीले निके ठूलो क्षति भएको अनुमान भइरहेको छ । तर कम्पनीले भने यस्ता दाबीको खण्डन गरेको छ । ती दाबी बढाई चढाई र असत्य भएको कम्पनीको भनाइ छ । सप्ताहन्तमा सामाजिक सञ्जालमा यो खबर भाइरल बनेपछि कम्पनीले यस्तो दाबी गरेको हो । बाइटडान्सको दोउबाओ ओपनएआईको च्याटजीपीटी जस्तै जेनरेटिभ एआई मोडल हो । यो त्यहाँको लोकप्रिय एआई च्याटबोट हो । ती व्यक्ति विज्ञापन प्रविधि टोलीका इन्टर्न भएको र एआई ल्याबमा काम गरेको अनुभव हुँदै नभएको एउटा विज्ञप्तिमा बाइटडान्सले भनेको छ । इन्टर्नका कारण कम्पनीलाई १ करोड डलरभन्दा बढीको...
नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

ताजा समाचार, सुचना/संचार
काठमाडौँ । नेपाल टेलिकमको जीएसएम मोबाइल नेटर्वकमा समस्या आएको छ । बिहान ११ बजेदेखि करिब २० मिनेट देशभरको मोबाइलहरूमा फोन नलाग्ने समस्या देखिएको हो । टेलिकमको वाइड एरिया नेटवर्कमा समस्या देखिँदा केही समय फोन नलाग्ने अवस्था भएको बताइएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार उक्त एसटी–वान नेटवर्कमा समस्या देखिएको थियो । ‘सामान्य नेटवर्क इस्यु हो, १५/२० मिनेट समस्या देखियो, अहिले सेवा सञ्चालन भइसकेको छ,’ उनले भने । @रातोपाटी...
भोलि र पर्सि रात्रीबस नचलाउन आग्रह

भोलि र पर्सि रात्रीबस नचलाउन आग्रह

ताजा समाचार, सुचना/संचार
१० असोज, काठमाडौं । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ । साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ । हेर्नुहोस् सूचना @अनलाइनखबर...
घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो

घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो

ताजा समाचार, सुचना/संचार
कास्की । प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबीसी) को प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेको छ । नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको अन्नपूर्ण–१० किलुमा गत असार २० गते पहिरोले अवरुद्ध भएको थियो । सो सडक मङ्गलबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख सोभियत खड्काले जानकारी दिए । पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका थिए । सडक नखुल्दा गाउँमा पर्यटकीय गतिविधि पनि प्रभावित भएको र पोखराबाट घान्द्रुकसम्मको सिधा यातायात सम्पर्क टुटेको थियो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मत गरिएको हो । पूर्वाधार विकास कार्यालयको रु २५ लाख र रु दुई लाख २५ हजार स्थानीय जनश्रमदानबाट गरी रु २७ लाख २५ हजार लगानीमा सडक मर्मत गरिएको कार्याल...
छैमले-कुलेखानी सडक आजदेखि १२ दिनसम्म बन्द

छैमले-कुलेखानी सडक आजदेखि १२ दिनसम्म बन्द

ताजा समाचार, सुचना/संचार
८ असोज, काठमाडौं । दक्षिणकाली नगरपालिकाले छैमले-कुलेखानी सडकखण्ड आज असोज ८ गतेदेखि १२ दिनका लागि बन्द गरेको छ । सडक स्तरोन्नतिका लागि असोज ८ गतेदेखि असोज १९ गतेसम्म सवारी आवागमन बन्द गरिएको हो । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले कालोपत्र गर्ने काम भइरहेकाले छैमलेदेखि मकवानपुरतर्फको खण्ड पूरै बन्द गरिएको जानकारी दिए । नगरपालिकाले कालोपत्र नसकिउन्जेल सवारी चालक तथा यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनेको छ । सो कामका लागि सहजीकरण गरिदिन नगरपालिकाले काठमाडौं र मकवानपुरका जिल्ला प्रशासन कार्यालयलाई अनुरोध समेत गरेको छ । यो सडक केन्द्रीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने सबैभन्दा छोटो दुरीको छ । बागमती प्रदेश सडक गुरुयोजना अन्तर्गत निर्माण भइरहेको सो सडकलाई ‘प्रदेश लोकमार्ग’ नामकरण गरिएको छ । @अनलाइनखबर...
सर्वसाधारणका लागि खुल्यो धरहरा

सर्वसाधारणका लागि खुल्यो धरहरा

ताजा समाचार, सुचना/संचार
काठमाडौँ । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो । संविधान दिवसको अवसरमा खुला गरिने धरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ । परीक्षणका लागि बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो । धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको हो । २०७८ साल वैशाख ११ मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो । तर, पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन । उद्घाटनको समयमा मूल धरहराको निर्माण नसकिए पनि अन्य संरचना निर्माण ४२ प्रतिशतमात्रै पूरा भएको थियो । सरकारले अर्को व्यवस्थापन गर्...
‘एनसेल फाउन्डेसन’ घोषणा, सामाजिक काममा २० करोड खर्चने

‘एनसेल फाउन्डेसन’ घोषणा, सामाजिक काममा २० करोड खर्चने

ताजा समाचार, सुचना/संचार
१ असोज, काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का परियोजना सञ्चालन गर्न ‘एनसेल फाउन्डेसन’ घोषणा गरेको छ । नेपाल र नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको एनसेलले मंगलबार नेपाल यात्राको १९औं वार्षिकोत्सव मनाउँदै उक्त फाउन्डेसन घोषणा गरेको हो । एनसेल फाउन्डेसनले आगामी पाँच वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ बराबर सामाजिक काममा योगदान गर्ने प्रतिबद्धता जनाएको छ । ‘१९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान गर्दै स्वास्थ्य, शिक्षा, वातावरण लगायत विभिन्न क्षेत्रमा सामाजिक काम गरी २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर) भन्दा बढीको योगदान गरेको छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले मंगलबार आयोजित विशेष कार्यक्रम...
लाइसेन्सप्राप्त हतियार सरकारी कार्यालयमा लैजान नपाइने

लाइसेन्सप्राप्त हतियार सरकारी कार्यालयमा लैजान नपाइने

ताजा समाचार, सुचना/संचार
३१ भदौ, काठमाडौं । लाइसेन्स प्राप्त हतियार सरकारी कार्यालयमा लैजान नपाइने भएको छ । सोमबार राजपत्रमा एक सूचना जारी गर्दै लाइसेन्स प्राप्त हतियारको निषेधित क्षेत्र तोकिएको छ । सूचनामा हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ ल दिएको अधिकार प्रयोग गरी लिएको हतियार दफा ३ बमोजिम राख्न पाउने उल्लेख गरिएको छ । तर दफा ४ र ५ बमोजिम यात्रा लाइसेन्स लिए पनि यात्रा अनुमति नलिएका हतियारहरु घर बाहिर लैजान नमिल्ने उल्लेख गरिएको छ । त्यसैगरी यात्रा अनुमति लिएका हतियार समेत न्यायिक निकाय, संसद भवन तथा परिसर, अस्पताल, विमानस्थल, सार्वजनिक सवारी साधन, धार्मिक क्षेत्र तथा शैक्षिक स्थल, सिनेमा हल, व्यवसायिक भवन, हाट बजार तथा सपिङ मल, सभा जुलुस भएको ठाउँमा समेत हतियार लैजान नपाउने उल्लेख गरिएको छ । त्यस्तै पुरातात्विक र संरक्षित स्थल, बाल सुधार गृह, हतियारको इजाजत लिएको कार्यालयमा इजाजत पत्र नवीकरणका लागि...
१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्न निर्वाचन आयोगको सुझाव

१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्न निर्वाचन आयोगको सुझाव

ताजा समाचार, सुचना/संचार
३० भदौ, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्न सरकारलाई परामर्श दिएको छ । हाल स्थानीय तहमा ३ प्रमुखसहित ३९ जनप्रतिनिधिको पद रिक्त छ । @अनलाइनखबर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला नल्याउन आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला नल्याउन आग्रह

ताजा समाचार, सुचना/संचार
२७ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा जाँच उपकरण खादा, मालाले बिग्रिएको भन्दै बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालय आग्रह गरेको छ । कार्यालयले बिहीबार एक सूचना जारी गरेर यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पु¥याइरहेको कार्यालयले जनाएको छ । ‘साथै यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको’, कार्यालयले सूचनामा भनेको छ । खादा, माला आफैंसँग लैजानै परे यात्रुले झोलाभित्र नदेखिने गरी राखेरमात्रै आउन पनि कार्यालयले अपिल गरेको छ । @अनलाइनखबर...