Sunday, December 22

अक्टोबर २८ मा एप्पलले ल्याउँदैछ नयाँ चिपसहितका म्याक कम्प्युटर

एप्पलले आफ्नो म्याक कम्प्युटरको नयाँ सिरिज लञ्च गर्दैछ । एप्पलका अधिकारीले सोसल मिडियामा एक टिजर शेयर गरेका छन्, जस अनुसार एप्पलको नयाँ प्रडक्ट आगामी अक्टोबर २८ मा लञ्च हुनेछ।

अक्टोबर २८ मा एप्पलले नयाँ M4 चिपसहितको आइम्याक, म्याकबुक प्रो र म्याक मिनी सार्वजनिक गर्ने बताइएको छ ।

गत महिना मात्रै आइफोन १६सिरिजसँगै एयरपड्स तथा एप्पल वाचका नयाँ संस्करण सार्वजनिक गरेको एप्पलले अब म्याक सेगमेन्टमा पनि नयाँ सिरिज ल्याउन लागेको हो।

एप्पलको मार्केटिङ विभागका वरिष्ठ उपाध्यक्ष ग्रेग जोसभियकले सोसल मिडिया प्लाटफर्म एक्समा एक पोस्ट गर्दै अक्टोबर २८ मा एप्पलले हार्डवेयर सँग सम्बन्धित केही घोषणा गर्ने खुलासा गरेका छन् ।

योपटक एप्पलले एक दिन मात्र नभएर पूरै हप्ताभर नै घोषणा कार्यक्रम गर्नसक्ने सम्भावना छ । यसमा म्याकसँग सम्बन्धित अपडेट सामेल हुनसक्छन्, जुन अघिल्लो वर्षको अक्टोबरका इभेन्टको रणनीति अनुसार नै रहेका छन् ।

एप्पलले यसै वर्ष आइप्याड प्रो मोडलसँगै आफ्नो नवीनतम सिलिकन चिपसेट M4 पेस गरेको थियो । त्यही चिपलाई अब १४ तथा १४ इन्चका म्याकबुक प्रो मोडेलमा पनि सामेल गरिनेछ ।

साथै उक्त कार्यक्रममा आइफोन तथा अन्य उपकरणका लागि एप्पलको एआई फिचर टूलको रुपमा रहेको एप्पल इन्टेलिजेन्लाई पनि आईओएस १८.१ अपडेटसँगै पेस गरिने बताइएको छ । सो फिचर पहिलोपटक गत जुन मा वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२४ का बेला घोषणा गरिएको थियो र त्यसलाई आइफोन १६ सिरिजमा राखिने भनिए पनि त्यो आएन ।

एप्पलले यसअघि अक्टोबरमा एप्पल इन्टेलिजेन्स सार्वजनिक गर्ने बाचा गरेको थियो र आगामी २८ अक्टोबरमै त्यो लञ्च हुने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *