४ पुस, काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले नगद लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको ५ मंसिरमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई प्रतिकित्ता ५० रुपैयाँ बराबर नगद लाभांश घोषणा गरेको हो ।
त्यसैगरी कम्पनीको ३८औं वार्षिक साधारणसभा २६ पुसमा हुने र १९ पुस एकदिन सेयरधनी दर्ता किताब बन्द रहने जनाइएको छ ।