Monday, December 23

अन्तरास्ट्रिय

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाअभियोग प्रस्ताव, संसद बाहिर हजारौं भेला

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाअभियोग प्रस्ताव, संसद बाहिर हजारौं भेला

अन्तरास्ट्रिय
२९ मंसिर, काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल विरुद्ध फेरि पनि महाअभियोग प्रस्ताव अघि बढेको छ । यस प्रस्तावको पक्ष–विपक्षमा आज शनिबार सांसदहरुले मतदान गर्नेछन् । भोटिङ सुरु हुँदै गर्दा संसद बाहिर हजारौं नागरिक भेला भएका छन् । राष्ट्रपति योलले यसअघि देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेपछि विपक्षी दलले विरोध गरेको थियो । लगत्तै उनले निर्णय फिर्ता लिएका थिए । त्यसपछि विपक्षी दलले उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको थियो । तर प्रक्रिया रोकिएको थियो । नेशनल एसेम्बलीमा मतदान प्रक्रिया अघि बढाउन पर्याप्त संख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने घोषणा सभामुखले गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको थियो । अहिले फेरि विपक्षी दलले महाअभियोग प्रस्ताव ल्याएको हो । विपक्षी दलका नेताहरुले राष्ट्रपति योललाई पदबाट नहटाएसम्म महाअभियोग प्रस्ताव ल्याइरहन...
भारतको तमिलनाडुमा धेरै वर्षा,  विद्यालयहरू बन्द

भारतको तमिलनाडुमा धेरै वर्षा, विद्यालयहरू बन्द

अन्तरास्ट्रिय
तमिलनाडु । भारतको तमिलनाडुमा धेरै वर्षाका कारण मदुरै र तिरुनेलवेलीलगायत धेरै जिल्लाहरूमा शुक्रबार विद्यालयहरू बन्द गरिएका छन्। पुडुचेरीमा पनि विद्यालयहरू बन्द रहनेछन्। अङ्ग्रेजी पत्रिका द हिन्दूका अनुसार शुक्रबार मदुरै र मायेलादुतुराई बाहेक अन्य प्रभावित जिल्लाका शुक्रबार विद्यालयमा बिदा दिने घोषणा गरिएको हो । समाचार एजेन्सी एएनआईका अनुसार तिरुनेलवेलीमा भारी वर्षाका कारण धेरै ठाउँमा पानी जमेको छ । बुधबार रातिदेखि तमिलनाडुका धेरै क्षेत्रमा धेरै वर्षा भइरहेको छ । डिसेम्बर १३ सम्म यस्ता धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । समाचार एजेन्सी एएनआईका अनुसार भारी वर्षाको सम्भावनाका कारण चेन्नई, विल्लुपुरम, तंजावुर, माइलादुथुराई, पुडुक्कोट्टई, कुड्डालोर, डिंडीगुल, रामनाथपुरम, तिरुवरुर, रानीपेट र तिरुवल्लुरमा विद्यालयहरू बन्द रहनेछन्। भारतीय मौसम विज्...
मानव अधिकार उल्लंघनको आरोपमा चिनियाँ र रूसी कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

मानव अधिकार उल्लंघनको आरोपमा चिनियाँ र रूसी कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

अन्तरास्ट्रिय
२६ मंसिर, वासिङ्टन । संयुक्त राज्य अमेरिकाले मङ्गलबार मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै दुई चिनियाँ कम्पनी र रुसका धेरै कम्पनीसहित आठ कम्पनीमा व्यापार प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकी अधिकारीहरूले पहिचान गरेका चीनका कम्पनीहरूमा झेजियाङ युनिभ्यु टेक्नोलोजी पर्दछ । ती कम्पनीमाथि उइगुर र अन्य जातीय तथा धार्मिक अल्पसङ्ख्यक समूहहरूको निगरानी जस्ता मानव अधिकार उल्लङ्घनलाई सहयोग गरेको आरोप लगाइएको छ । अमेरिकी वाणिज्य मन्त्रालयले नामकरण गरेको अर्को फर्म बेइजिङ झोङडुन सुरक्षा प्रविधि समूह थियो । उक्त कम्पनीले सार्वजनिक सुरक्षा अधिकारीहरूलाई अधिकार उल्लङ्घन गर्न अनुमति दिने उत्पादनहरू विकास र बिक्री गरिरहेको आरोप लगाइएको छ । यी व्यवसायहरूलाई अमेरिकाले आफ्नो प्रतिबन्धको सूचिमा थपेको छ । सूचीमा थपिएपछि अमेरिकी कम्पनीहरूलाई तिनीहरूलाई निर्यात गर्नुअघि अनुमतिपत्र लिनुपर्ने बाध्यात्मक अवस्था ...
अमेरिकाले रूसबाट जफत सम्पत्तिबाट २० अर्ब डलर युक्रेनलाई दिने

अमेरिकाले रूसबाट जफत सम्पत्तिबाट २० अर्ब डलर युक्रेनलाई दिने

अन्तरास्ट्रिय
२६ मंसिर, काठमाडौं । अमेरिकाले युक्रेनलाई २० अर्ब डलर सघाउने भएको छ । बीबीसीका अनुसार यो कोष अमेरिकाले रूसबाट जफत गरेको सम्पत्तिबाट दिन लागेको हो । यो आर्थिक सहायता ५० अरब डलर प्याकेजको एक भाग हो जसको घोषणा जी७ समूहका सदस्य देशहरूले जुनमा गरेका थिए । अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले भनिन्, ‘जफत गरिएका सम्पत्तिबाट आर्थिक सहायता दिनुको मतलब रसियाले आफ्नो अवैध युद्धको मूल्य चुकाउनुपर्नेछ भन्ने हो ।’ अमेरिकाले २० अर्ब डलरको रकम विश्व बैंकको कोषमा जम्मा गरिसकेको र त्यहींबाट त्यो रकम युक्रेनलाई उपलब्ध गराउने उनले मंगलबार जानकारी दिइन् । अमेरिकामा हालसालै सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले राष्ट्रपति कार्यभार सम्हाल्ने बित्तिकै रसिया-युक्रेन युद्धलाई सकेसम्म चाँडो अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् । यही अवस्थामा अमेरिकाले यो घोषणा गरेको ...
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा छापा

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा छापा

अन्तरास्ट्रिय
सोल । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीले छापा मारेको छ । बुधबार दक्षिण कोरियाली प्रहरीले त्यहाँका राष्ट्रपति युन सुक येओलको कार्यालयमा छापा मारेको हो । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार प्रहरी मुख्यालयमा पनि छापा मारिएको छ । राष्ट्रपति युन सुक येओलले केही दिन अघि जारी गरेको ‘मार्शल ल’पछि छानबिनका क्रममा प्रहरीले छापामारी गरेको हो । योनहापका अनुसार छापा मारिएको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन् । गत साता राष्ट्रपति येओलले ‘मार्शल ल’ जारी गरेका थिए । तर व्यापक विरोध भएपछि छोटो समयमै उनले त्यसलाई फिर्ता लिएका थिए ।...
युक्रेन समर्थक डोनाल्ड टस्क भन्छन् : यही हिउँदमा युक्रेन-रूस वार्ता सुरु हुनसक्छ

युक्रेन समर्थक डोनाल्ड टस्क भन्छन् : यही हिउँदमा युक्रेन-रूस वार्ता सुरु हुनसक्छ

अन्तरास्ट्रिय
२६ मंसिर, वार्सा । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने बताएका छन् । आफ्नो छिमेकी युक्रेनको दृढ समर्थक रहेका टस्कले अर्को महिना युरोपेली सङ्घ (इयु) को अध्यक्षता सम्हाल्दै छन् । उनले विदेशी अधिकारीहरूसँग हुने आगामी वार्ताहरूको पनि घोषणा गरे । उनले मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुरा गर्ने र बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई पोल्यान्डमा स्वागत गर्ने बताए । ‘हाम्रो (इयु) को अध्यक्षता राजनीतिक परिदृश्यका लागि सह–जिम्मेवार हुनेछ र सायद (शान्ति) वार्ताको अवस्था कस्तो हुनेछ जुन यही हिउँदमा सुरु हुन सक्छ, यद्यपि अझै केही प्रश्न छन्’, टस्कले पत्रकारहरूलाई भने, ‘मंगलबार मैले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग यस विषयमा कुरा गर्ने मौका पाउनेछु ।’ करिब तीन वर्षअघि रुस...
अमेरिकामा जन्मिएकालाई स्वतः नागरिकता दिने व्यवस्था बदल्छु : ट्रम्प

अमेरिकामा जन्मिएकालाई स्वतः नागरिकता दिने व्यवस्था बदल्छु : ट्रम्प

अन्तरास्ट्रिय
२४ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका जन्मिएका तर आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने बताएका छन् । अमेरिकी संविधानको १४औं संशोधन अनुसार अमेरिकामा जन्मिएका बच्चालाई अमेरिकी नागरिकता दिने व्यवस्था गरेको थियो । यस्ता बच्चाको आमा–बाबुसँग अमेरिकाको नागरिकता नभए पनि अमेरिकामा जन्मनासाथ तिनले स्वतः अमेरिकी नागरिकता पाउँदै आएका थिए । यद्यपि उनले बाल्यकालमा अमेरिका आएका अवैध आप्रवासीहरूलाई मद्दत गर्न डेमोक्याट्ससँग सहकार्य गर्ने प्रस्ताव गरेका छन् । बाल्यकालमा अमेरिका प्रवेश गरेका तर अहिलेसम्म कुनै कागजात नबनाएकाहरूको अधिकार रक्षाको लागि काम गर्ने संकेत उनले गरेका हुन् । ट्रम्पले एनबीसीलाई दिएको अन्तर्वार्तामा अवैध आप्रवासीहरूद्याई देशबाट निकाल्नका लागि काम गर्ने कुरा दोहो¥याएका छन् । उनले नाटोबाट बाहिर निक्लने बा...
राष्ट्रपति युनमाथि दक्षिण कोरियाले लगायो भ्रमण प्रतिबन्ध

राष्ट्रपति युनमाथि दक्षिण कोरियाले लगायो भ्रमण प्रतिबन्ध

अन्तरास्ट्रिय
२४ मंसिर, काठमाडौं । असफल सैनिक कानुन जारी गरेर चर्चामा आएका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले भ्रमण प्रतिबन्ध भोग्नुपर्ने भएको छ । राष्ट्रपति युनमाथि अनुसन्धान सुरु भएको सन्दर्भमा उनले कोरिया छाडेर अन्यत्र जान नपाउने भएको रोयटर्स र योन्हाप एजेन्सीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । राष्ट्रपति युनले दक्षिण कोरियामा राष्ट्रिय संकट सुरु भएको दाबी गर्दै राष्ट्रपति युनले अघिल्लो साता सैनिक परिचालन गरेका थिए । तर, संसद र ठूला पार्टीहरु नै विपक्षमा उभिएपछि उनको सैन्य शासन योजना असफल भएको थियो । @एजेन्सी...
दिल्लीका दर्जनौँ निजी विद्यालयमा बमको धम्की

दिल्लीका दर्जनौँ निजी विद्यालयमा बमको धम्की

अन्तरास्ट्रिय
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नाम चलेका समेत कयौँ निजी स्कुललाई बमले उडाइदिने धम्की आएको छ । समाचार एजेन्सी पीटीआईले दिल्ली फायर सर्भिसका एक अधिकारीलाई उद्धृत गर्दै छापेको समाचार अनुसार डीपीएस आर के पूरम र पश्चिम बिहारको जीडी गोयन्का स्कुल समेत ४४ विद्यालयलाई बमले उडाइदिने धम्कीसहितको मेल आएको छ । आरके पुरमको डीपीएस स्कुललाई ​​बिहान७ः०६ बजे र पश्चिम विहारको जीडी गोयन्का स्कूलमा ६ः१५ मिनेटमा बमको धम्की आएको अधिकारीहरूले बताएका छन् । धम्कीपछि दमकल, डग स्क्वाड, बम पत्ता लगाउने टोली र स्थानीय प्रहरीले विद्यालयमा पुगेर खोजी अभियान चलाएका थिए । समाचार एजेन्सी एएनआईले सिन दिल्लीका धेरै विद्यालयमा बमको धम्की आएको दाबी गरेको छ । धम्की आएपछि विद्यालय व्यवस्थापनले अभिभावकहरूलाई बोलाएर विद्यार्थीलाई घर फिर्ता पठाएका थिए । @एजेन्सी...
सिरियाका राष्ट्रपति असद चढेको प्लेन दुर्घटना भएको हो ?

सिरियाका राष्ट्रपति असद चढेको प्लेन दुर्घटना भएको हो ?

अन्तरास्ट्रिय, ताजा समाचार
२३ मंसिर, काठमाडौं । विद्रोही समूहले राजधानी दमास्कस कब्जा गरेपछि सिरियाका राष्ट्रपति बसर अल असदले देश छाडेका छन् । उनी कहाँ गए भन्ने स्पष्ट हुन सकेको छैन । उनी रुस वा इरानतर्फ प्रस्थान गरेको अनुमान छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले असाद रुसको राजधानी मस्को प्रस्थान गरेको सोसल मिडिया ट्रुथमा लेखेका छन् । यद्यपि यो पुष्टि हुन बाँकी छ । कतिपय मिडियाले देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद सवार प्लेन दुर्घटना भएको अनुमानसहितका समाचार पनि लेखेका छन् । तर यो पनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । असद र उनको परिवारका सदस्य सवार आईएल–७६ विमान जमिनबाट ५०० मिटर माथि आकासमा दुर्घटना भएको हल्ला छ । त्यसअघि विमान राडारबाट सम्पर्कविच्छेद भएको बताइन्छ । कतिपयले विमानलाई विद्रोहीहरुले खसालेको दाबी समेत गरेका छन् । दुर्घटना भएको वा विद्रोहीले खसालेको भन्ने विवरण ...