Monday, December 23

अन्तरास्ट्रिय

युक्रेनका लागि ९९ करोडको सहायता प्याकेज तयार पार्दै  अमेरिका

युक्रेनका लागि ९९ करोडको सहायता प्याकेज तयार पार्दै अमेरिका

अन्तरास्ट्रिय
वासिङ्टन डीसी । अमेरिकाले युक्रेनलाई दिन करिब ९९ करोड अमेरिकी डलर बराबरको सहायता प्याकेज तयारी पार्दैछ । रुससँग जारी लडाइँमा सघाउन अमेरिकाले शनिबार रकेट, ड्रोनसमेतका नयाँ हातहतियार र उपकरणहरू गरेर ९८ करोड ८० लाख डलरको सहायता प्याकेज सार्वजनिक गरेको थियो । यो प्याकेज अमेरिकाको सञ्चिति हातहतियारबाट झिक्नुको सट्टा उद्योगसँग किनेर युक्रेनलाई हतियार सहायता दिने भनेर राष्ट्रपति जो बाइडेनको प्रशासनले उपलब्ध गराएको २ अर्ब २१ करोड डलर बराबरको युक्रेन सुरक्षा सहायता पहल (यूएसएआई)को हिस्सा भएको बताइएको छ । यो सहायता उपलब्ध गराएसँगै यो कोषको रकम घटेर आधामा आउनेछ । सन् २०२२ को सुरुमा रुसले युक्रेनमा आक्रमण गरेयता अमेरिकाले युक्रेनलाई ६२ अर्ब डलर बराबरको सुरक्षा सहायताको वाचा गरिसकेको छ । @एजेन्सी...
सिरियाको राजधानी कब्जा गर्ने विद्रोही कमाण्डर को हुन् ?

सिरियाको राजधानी कब्जा गर्ने विद्रोही कमाण्डर को हुन् ?

अन्तरास्ट्रिय
२३ मंसिर, काठमाडौं । विद्रोहीहरुले सिरियाको राजधानी कब्जा गरेपछि राष्ट्रपति बसर अल असादले देश छाडेका छन् । इस्लामी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले राजधानीसमेत कब्जा गरेपछि राष्ट्रपति असाद देश छाड्न बाध्य भएका हुन् । सन् २०११ मा राष्ट्रपति बसर अल असादविरुद्ध शान्तिपूर्ण विरोध सुरु भएको थियो । लोकतन्त्र समर्थकहरुको यही विरोध पछि गृहयुद्धमा परिणत भयो । यो गृहयुद्धमा सिरिया मात्रै होइन, क्षेत्रीय र विश्वका अन्य शक्ति राष्ट्रहरु पनि जोडिए । त्यसबेलादेखि हालसम्म युद्धमा पाँच लाखभन्दा बढी मारिइसकेका छन् भने एक करोड २० लाख जना विस्थापित भएका छन् । आखिर को हुन् एचटीएस विद्रोही समूहका कमाण्डर ? जसले सिरियाका सरकारी सेनालाई झुकाए र राष्ट्रपति नै देश छोड्न बाध्य भए ? विद्रोही समूह एचटीएसका प्रमुख अबु मोहम्मद अल जुलानी हुन् । अमेरिकाले उनको टाउकोको मूल्य एक करोड डलर तोकेको थियो । उन...
सिरियाका राष्ट्रपति असादले छाडे राजधानी

सिरियाका राष्ट्रपति असादले छाडे राजधानी

अन्तरास्ट्रिय
२३ मंसिर, काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् । रोयटर्सले सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै राष्ट्रपति बसर अल असदले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि उनी राजधानी छाडेर कहाँ गए भन्ने उल्लेख छैन । मिडिया रिपोर्टहरुका अनुसार राजधानी दमिस्कमा गोली चलेको आवाज सुनिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति बशर अल असद हुनसक्ने जनाएको छ ।...
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाअभियोगलाई सत्तापक्षले पनि सघाउने

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाअभियोगलाई सत्तापक्षले पनि सघाउने

अन्तरास्ट्रिय
२१ मंसिर, काठमाडौं । दक्षिण कोरियाको सत्तारूढ पार्टीले राष्ट्रपति युन सुक-योलविरुद्ध महाभियोग अगाडि बढाउने संकेत गरेको छ। समाचार एजेन्सी एपीका अनुसार शुक्रबार पीपुल्स पावर पार्टीका महासचिव हान डोङ-हुनले राष्ट्रपतिको संवैधानिक शक्तिलाई कम गर्नु आवश्यक भएको प्रतिक्रिया दिएका छन् । ‘राष्ट्रपतिले मार्शल ल लगाउँदा केही नेताहरूलाई पक्राउ गर्न सेनाको प्रयोग गर्न खोजेका थिए भन्ने मैले थाहा पाएको छु, जसमा मेरो नाम पनि समावेश थियो’ डोङ-हुनले भनेका छन्, ‘उनी लोकतन्त्रका लागि खतरा बनेका छन् र पदबाट राजीनामा दिनुपर्छ।’ राष्ट्रपतिको शक्ति सीमित नगरेको खण्डमा उनले पुनस् खतरनाक कदम उठाउने सम्भावना रहेको भन्दै देश र नागरिकहरूका लागि जोखिम हुन सक्ने डोङ(हुनको भनाइ छ । विपक्षी दलहरूले पहिले नै ‘उत्तेजित’ राष्ट्रपतिले मार्शल ल घोषणा गर्ने दोस्रो प्रयासको सम्भावनाप्रति चिन्ता व्यक्त गरिसकेका छन्। ...
फ्रान्सको सरकार ३ महिनामै ढल्यो

फ्रान्सको सरकार ३ महिनामै ढल्यो

अन्तरास्ट्रिय
२० मंसिर, काठमाडौं । फ्रान्समा ६२ वर्षपछि पहिलोपटक अविश्वास प्रस्तावबाट सरकार ढलेको छ । अविश्वास प्रस्ताव बहुमतले पास भएपछि तीन महिना अघि मात्रै प्रधानमन्त्री बनेका मिशेल बर्निये पदमुक्त भएका छन् । बीबीसीका अनुसार फ्रान्समा अविश्वास प्रस्तावबाट सरकार ढलेको सन् १९६२ पछि पहिलोपटक हो । सोमबार दक्षिणपन्थी र वामपन्थी दलका सांसदहरुले प्रधानमन्त्री मिशेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव बहुमतले पास भएको बीबीसीले जनाएको छ । अविश्वास प्रस्ताव पास हुनका लागि २८८ मत चाहिनेमा पक्षमा ३३१ मत परेको थियो । मिशेल तीन महिनाअघि मात्रै प्रधानमन्त्री बनेका थिए । अविश्वास प्रस्तावमा हारेपछि फ्रान्सको इतिहासमा सबैभन्दा कम समय पदमा रहने प्रधानमन्त्री मिशेल बर्निये बनेका छन् । उनी ९१ दिनसम्म मात्र प्रधानमन्त्री रहे । फ्रान्समा यसै वर्षको जुलाईमा आम चुनाव भएको थियो । तर कुनै पनि...
टोकियोमा सरकारी कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने प्रस्ताव

टोकियोमा सरकारी कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने प्रस्ताव

अन्तरास्ट्रिय
काठमाडौं । जापानको राजधानी टोकियामा सरकारी कर्मचारीले हप्तामा चार दिन मात्रै काम गर्नुपर्ने प्रस्ताव अघि बढाइएको छ । टोकियोका गभर्नरले अभिभावकत्वलाई प्रोत्साहित गर्ने राष्ट्रव्यापी प्रयास अन्तर्गत राजधानीमा सरकारी कर्मचारीका लागि हप्तामा चार दिन मात्रै काम गर्नुपर्ने प्रस्ताव गरेका हुन् । जापानका प्रधानमन्त्री सिगेरु इसिबाले जापानको न्यून जन्मदरलाई ‘शान्त संकटकालीन अवस्था’ को संज्ञा दिँदै लचिलो कार्य समयजस्ता नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जापानमा पनि कामकाजी आमाहरूले अझै पनि घरायसी बोझ बोक्नुपर्छ, छोराछोरी हुर्काउनुपर्छ र आफन्तहरूको हेरचाह गर्नुपर्छ भन्ने अपेक्षा नै बच्चाको अभावको मुख्य कारक मानिन्छ । आमाबाबुका लागि काम र जीवनको सन्तुलनलाई सजिलो बनाउन गभर्नर युरिको कोइकेले टोकियो महानगरले सरकारी जागिरमा कार्यरत निजामती कर्मचारीलाई अप्रिलदेखि सुरु हुने नयाँ आर्थ...
दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव

दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव

अन्तरास्ट्रिय
१८ मंसिर, काठमाडौं । दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युन सुक योलविरुद्ध सांसद्हरुले महाभियोगको प्रस्ताव पेश गरेका छन् । प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी (डीपीके) सहित ६ विपक्षी दलले राष्ट्रपति योलविरुद्ध महाभियोगको प्रस्ताव पेश गरेको द कोरिया टाइम्सले जनाएको छ । शुक्रबार बिहानै अविश्वासको प्रस्तावमा मतदान गर्ने तयारी रहेको भनिएको छ । मंगलबार स्थानीय समयअनुसार राति १०ः२३ बजे राष्ट्रपति योलले देशविराधी तत्वलाई तह गराउन भन्दै सैन्य शासन लागू गरिएको बताएका थिए । उनले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको जिकिर गरेका थिए । राष्ट्रपतिले गरेको सम्बोधन लगत्तै दक्षिण कोरियाको सेनाले सम्पूर्ण राजनीतिक गतिविधि र संसदीय कारबाहीलाई निलम्बन गरिएको घोषणा गरेको थियो । यद्यपि, राष्ट्र...
मस्कलाई ५६ अर्ब डलरको तलब दिने प्रस्ताव दोस्रो पटक अस्वीकृत

मस्कलाई ५६ अर्ब डलरको तलब दिने प्रस्ताव दोस्रो पटक अस्वीकृत

अन्तरास्ट्रिय
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई ५६ अर्ब डलर बराबरको तलब सुविधा दिने प्रस्ताव अस्वीकृत भएको छ । डेलावेयरका एक अदालतका न्यायधीसले मस्कलाई सो बराबरको तलब सुविधा दिने प्रस्तावलाई पुनःस्थापित गर्न अस्वीकार गरेका छन् । यही वर्षको गर्मीयाममा यो प्रस्तावलाई कम्पनीका शेयरधनी र सञ्चालक समितिका सदस्यहरूले अनुमोदन गरेका थिए । महिनौँसम्मको कानूनी खिचातानीबिच अदालतले यो निर्णय गरेको हो । न्यायाधीश क्याथलिन म्याककोर्मिकले जनवरीमा आफूले गरेको निर्णयलाई यथावत् राखेकी छिन् । अघिल्लो फैसलामा पनि उनले सञ्चालक समितिका सदस्यहरू मस्कको निकै प्रभावमा रहेको भन्ने तर्क गरेकी थिइन् । यो फैसलाप्रति प्रतिक्रिया जनाउँदै मस्कले आफ्नो माइक्रो ब्लगिङ वेबसाइट एक्समा ‘कम्पनीको मतलाई शेयरधनीहरूले नियन्त्रण गर्नु पर्छ, न्यायाधीसहरूले होइन,’ भनेर एउटा...
१६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियम अस्ट्रेलियाका दुवै संसदबाट पारित

१६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियम अस्ट्रेलियाका दुवै संसदबाट पारित

अन्तरास्ट्रिय
१४ मंसिर, काठमाडौं । १६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियम अस्ट्रेलियाको संसदबाट पारित भएको छ । फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय सामाजिक सञ्जाल प्रयोगमा १६ वर्ष मुनिकालाई प्रतिबन्ध लगाउने विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पनि पारित भएको हो । संसदबाट पारित भएकाले अब यसले कानूनको रुप लिने निश्चित भएको छ । नियामकहरूद्वारा विवरणहरू तयार हुन र प्रतिबन्ध लागू हुन कम्तीमा एक वर्ष लाग्ने अनुमान छ । अब सामाजिक सञ्जाल कम्पनीहरूले चाँडै युवा किशोरहरूलाई खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ । ऐनको पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था छ । यो कानुनलाई संसारमा सबैभन्दा कडामध्ये एक मानिएको छ । तर सामाजिक सन्जाल कम्पनीहरूले भने यो ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर टिप्पणी गरेका छ...
पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता

पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता

अन्तरास्ट्रिय
इस्लामवाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमतीविरुद्ध पाकिस्तानमा मुद्दा दर्ता भएको छ । नोभेम्बर २४ मा भएको आन्दोलनका सम्बन्धमा उनीविरुद्ध यो मुद्दा दर्ता भएको हो । इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा पीटीआई कार्यकर्ता र समर्थकहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरू इस्लामवाद छिरेका थिए । यही विरोध प्रदर्शनको मामिलामा बुशरा बीबी र पीटीआई नेता हाकिम खानसहित ३०० जनामाथि मुद्दा हालिएको हो । नोभेम्बर २४ मा पीटीआई नेताहरूको नेतृत्वमा करिब ३०० जना कार्यकर्ता लाठी, फलामको रड, ढुङ्गा र गुलेली लिएर इस्लामाबाद पुगेको प्रहरीले दर्ता गरेको एफआईआरमा भनिएको छ । प्रदर्शनकारीहरूलाई शहरमा धारा ४४ लागू भएको बारे सूचित पनि गरिएको पुलिसले एफआईआरमा उल्लेख गरेको छ । तर त्यसपछि पनि प्रर्दशनकारीहरूले प्रहरीमाथि आक्रमण गरेको भनिएको छ । @एजेन्सी...