नयाँ वर्षमा पूर्वराजा : जनमत स्थिर संस्थाको पक्षमा बढ्दो छ, सबै मिलेर समझदारी बनाउनुपर्छ
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्था प्रति ध्यान केन्द्रित हुनु पर्छ भन्ने जनमत रहेको दाबी गरेका छन् । त्यसका लागि देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर समझदारी बनाउनुपर्ने उनको भनाइ छ ।
‘आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाका प्रति हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ भन्ने धारणा पनि नेपाली जनमतमा बढ्दै गएको हाम्रो अनुभव छ । देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर यो सोच र समझदारी बनाउनका निम्ति हामीलाई नयाँ वर्षले प्रेरणा प्रदान गरोस् ।’ शुक्रबार नयाँ वर्ष २०८१ को अवसरमा देशबासीकलाई शुभकामना दिँदै उनले भनेका छन् ।
उनले नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेको समेत बताएका छन् । ‘आज आम नेपालीको चिन्ता यही विषयमा छ । न...