वृद्ध उमेरमा किन देखिन्छ दीर्घकालीन दम ?
नेपालमा प्रत्येक १० जनामा एक जनालाई श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन दम (सीओपीडी) छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनले यही भन्छ । अध्ययनअनुसार ११.७ प्रतिशत नेपालीमा यो समस्या छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) विश्वभर मृत्युको तेस्रो प्रमुख कारण हो, जसले सन् २०१९ मा ३० लाख २३ हजारले यही रोगका कारण ज्यान गुमाएका थिए ।
सीओपीडी एक दिन वा छोटो समयमा लागिहाल्ने रोग होइन । यसको विकास हुन धेरै वर्ष लाग्छ । जस कारण विशेषत: यो रोगले वृद्धावस्थामा बढी सताउँछ । के कारणले वृद्धमा सीओपीडी हुन्छ ? यो रोग के हो ? यसको उपचार छ ? चर्चा गरौं ।
सीओपीडी यस्तो रोग हो, जसमा बिरामीलाई सास फेर्न कठिन हुन्छ । यसलाई दीर्घकालीन दम रोग पनि भनिन्छ । सामान्यतया जब हामी हावाको सहायताले सास लिन्छौं, तब अक्सिजन रगतमा मिसिन्छ र कार्बनडाइअ...