Monday, December 23

जीवनशैली

चन्द्रागिरि केबलकारमा अड्किए यात्रु

चन्द्रागिरि केबलकारमा अड्किए यात्रु

जीवनशैली, ताजा समाचार, समाज
२ साउन, काठमाडौं । चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् । अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ । उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।...
आज हरिशयनी एकादशी, तुलसीका बिरुवा सारिंदै

आज हरिशयनी एकादशी, तुलसीका बिरुवा सारिंदै

जीवनशैली, ताजा समाचार, समाज
२ साउन, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा तुलसीको बिरुवा सारिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा‍. डा. देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्...
गुल्मी मुसिकोटमा लघु जलविद्युतको नहर बाढीले बगायो, २५०० घरधुरीमा बिजुली बन्द

गुल्मी मुसिकोटमा लघु जलविद्युतको नहर बाढीले बगायो, २५०० घरधुरीमा बिजुली बन्द

जीवनशैली, ताजा समाचार, विजनेस, समाज
२ साउन, गुल्मी । अविरल वर्षासँगै आएको बाढीले गुल्मीमा विद्युत परियोजनाको नहर बगाएको छ । मुसिकोट नगरपालिकाका – ७ र ८ मा रहेका लघु विद्युत परियोजनाका नहर बडिगाड खोलाले बगाएपछि त्यहाँका नागरिक एक सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । असार २१ गते परेको अविरल वर्षासँगै आएको बडिगाडको बाढीले परोपकार लघु जलविद्युत र दरमखोला लघु जलविद्युत नहर बगाएको परोपकार लघु जलविद्युत आयोजनाका पूर्वअध्यक्ष गोपिकृष्ण खरेलले बताए । नहर बगाएर विद्युत अवरुद्ध हुँदा मुसिकोट नगरपालिकका वडानम्बर १, २,३,७, ८ का साथै बागलुङको बडिगाड गाउँपालिका वडानम्बर २, ५ र गलकोट नगरपालिकाको वडानम्बर ११ का गरी २५०० घरधुरी प्रभावित भएका छन् । परोपकार लघु जलविद्युत १३५ किलोवाट र दरमखोला लघु जलविद्युत ५० किलोवाट विद्युत उत्पादन हुँदै आएको थियो । खोलाले नहर बगाएपछि नहर मर्मत गर्न केही महिना नै लाग्ने संस्थाले जनाएको छ । अ...
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ११३ जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ११३ जनाको मृत्यु

जीवनशैली, ताजा समाचार, मौसम, समाज, स्वास्थ्य
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय १३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय १३ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्‍चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय १९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरि...
आज साउने सक्रान्ति मनाइँदै

आज साउने सक्रान्ति मनाइँदै

जीवनशैली, ताजा समाचार, समाज
बुटवल । आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । बिक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउन...
अपडेट : रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ वेपत्ता

अपडेट : रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ वेपत्ता

Uncategorized, जीवनशैली, ताजा समाचार, मौसम, समाज
१ साउन, काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् । गएराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए । उनका अनुसार ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता छन् । घाइतेहरुमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना कामी छन् । उनीहरुलाई राति नै उद्धार गरी नगर अस्पताल पठाइएको थियो । रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार यो विवरण घटनास्थलमै रहेको प्रहरी टोलीले टिपाएको अद्यावधिक हो । घटनास्थलमा इ...
सिमलताल दुर्घटना :  थप दुई शवको सनाखत

सिमलताल दुर्घटना : थप दुई शवको सनाखत

जीवनशैली, ताजा समाचार
चितवन — नारायणी नदीमा भेटिएका थप दुई शव सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका बसका यात्रुको भएको पुष्टी भएको छ । यसअघि पाँच यात्रुको शव भेटिएर आफन्तले सनाखत गरेका थिए । खोजी र उद्धारका क्रममा हालसम्म नारायणी नदी तट र त्रिवेणी नहरबाट ११ शव भेटिएका छन । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार त्रिवेणीमा फेला परेका दुई शवको सनाखत भएको छ । एउटा शव वीरगन्जबाट काठमाडौं गइरहेको बसका यात्रु भरतपुर महानगरपालिका-२२ पटिहानी पदमपोखरीका २२ वर्षीय सुदीप विकको भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । अर्को शव भने काठमाडौंबाट गौर जाँदै गरेका बसका यात्रु रौतहट जिल्ला जमुनामाई-४ का १७ वर्षीय फिरोज राहुप मियाको रहेको डीएसपी रिजालले जानकारी दिए । शुक्रबार बिहान सबेरै साढे ३ बजेतिर नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपर महानगरपालिका-२९ सिमलतालमा पहिर...
सिमलताल दुर्घटना : ११ शव भेटिए, ५ को मात्र सनाखत

सिमलताल दुर्घटना : ११ शव भेटिए, ५ को मात्र सनाखत

जीवनशैली, ताजा समाचार
चितवन — शुक्रबार बिहान चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका हालसम्म पाँच यात्रुको शव सनाखत भएको छ । खोजी र उद्धारमा संलग्न सुरक्षा टोलीले स्थानीयले दिएको सूचनाका आधारमा थप ६ वटा शव भेटिए पनि ती बसकै यात्रीको भए/नभएको पुष्टि भइसकेको छैन । चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार दुवै बसमा गरेर ६५ जना यात्री रहेका थिए । जसमा तीनजना यात्रु सकुशल रहेका छन् । दुर्घटनास्थलमा शुक्रबार बिहानैदेखि गोताखोरसहितको टोली उद्धार र खोजीमा सक्रिय भए पनि बस भेटिएको छैन । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार घटनास्थलभन्दा धेरै पर त्रिवेणीसम्म शव भेटिएका छन् । दुवै बसमा गरेर ९ जना भारतीय यात्रु थिए । ३ जना भारतीय यात्रुको शव भेटिएको छ ।...
त्रिशूलीमा बेपत्ता बस खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

त्रिशूलीमा बेपत्ता बस खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

Travel, What's Hot, जीवनशैली, ताजा समाचार
३१ असार, काठमाडौं । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ । आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् । स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले अनलाइनखबरसँग भने, ‘हामीले नेपालमा उपलब्ध सबै खालका प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गरिरहेका छौं । खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशलाई भने भनेका छौं ।’ भारतीय टोलीसँग भारतमा सिधै सम्पर्क गरेर सहयोग मागेको उनले बताए । उनीहरुलाई घटनास्थलको अवस्था र पानीको बहावको वेग लगायतका जानकारी आइतबार नै पठाइएको भन्दै भूसालले उताबाट प्रतिउत्तरको प...
सिन्के धूपको धुवाँले पनि गर्छ फोक्सो र श्वासनलीमा हानि

सिन्के धूपको धुवाँले पनि गर्छ फोक्सो र श्वासनलीमा हानि

जीवनशैली, स्वास्थ्य
काठमाडौं । धूप बाल्दा यसको सुगन्धसँगै धुवाँ पनि फैलिन्छ । धूपबाट निस्किएको त्यो धुवाँले हाम्रो स्वास्थ्यमा कस्तो असर गर्छ ? धूपको धुवाँले फोक्सो तथा श्वासनलीमा कुनै असर गर्छ कि ? यिनै विषयमा केन्द्रित रहेर वीर अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुंगानासँग गरिएको कुराकानीको सम्पादित अंश : धूपको धुवाँले कस्तो असर गर्न सक्छ ? धूपबाट निस्कने धुवाँले फोक्सोलाई त्यति नै असर गर्छ जति चुरोटबाट निस्किएको धुवाँले । केही अनुसन्धानले त पूजापाठ गर्दा निस्कने धुवाँ र लामखुट्टे भगाउन बालिने धूपबाट निस्किएको धुवाँ धूम्रपान भन्दा पनि बढी हानिकारक हुने देखाएको छ । धूपको धुवाँ सिधै हाम्रो फोक्सोमा गएर विभिन्न समस्या निम्त्याउन सक्छ । हाम्रो फोक्सोलाई विभिन्न प्रकारको संक्रमणबाट बचाउन ‘म्युकोसिलरीया क्लियरेन्स’ हुन्छ । जसले फोक्सोका विकारहरूलाई खकारको माध्यमबाट बाहिर निकाल्न मद्दत गर्छ । ध...