Sunday, December 22

जीवनशैली

यस्तो बन्यो ‘हेर्ने कथा’का प्रकाश तामाङको घर

यस्तो बन्यो ‘हेर्ने कथा’का प्रकाश तामाङको घर

जीवनशैली
काठमाडौँ । युट्युबमा सर्वाधिक हेरिएको डकुमेन्ट्री ‘हराएका वर्षहरू’का प्रमुख पात्र प्रकाश तामाङ भाइरल भएपछि उनलाई सहयोग गर्न एमाले र माओवादीले प्रतिस्पर्धा गरिरहेका छन् । गत भदौै ८ गते युट्युबमा ‘हेर्ने कथा’ शृङ्खला अन्तर्गत सार्वजनिक गरिएको सो भिडियोले १ करोड १४ लाख भ्यूज पाएको छ । झण्डै ३५ वर्ष आफ्नै देशमा गुमनाम भएका उनको कथा हेरेर धेरै नेपाली भावुक बने । नागरिकता बनाउनसमेत झमेला बेहोरेका उनलाई भाइरल हुने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता सहज रूपमा बनाइदिन निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय भोजपुरका कर्मचारी ढड्डा नै बोकेर तामाङको घरमा पुगी नागरिकता दिएका थिए । भिडियो सार्वजनिक भएको दुई दिनमै भोजपुरको षडानन्द गाउँपालिकामा अर्काको जग्गामा बसेका प्रकाशको परिवारका लागि माओवादी केन्द्रका सांसद सुदन किराँतीले घर–जग्गा व्यवस्था गर्ने घोषणा गरे । घोषणा अनुरुप तत्काल...
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

जीवनशैली, समाज
१७ असोज, देउखुरी । दुर्गापक्षअन्तर्गत आज पहिलो दिन घरघरमा देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै दसैँको सुरुवात भएको छ । थारू समुदायमा दसैँ आउनुभन्दा एक महिना अघिदेखि सखिया र झुमरा नाच नाच्ने परम्परा रहेकाले यसको चहलपहल बढेको हो । झुमरा नाचमा दसैँविशेष विभिन्न सांस्कृतिक कार्यक्रम गरी रमाइलो गर्ने चलन रहेको घोराही उपमहानगरपालिका–६ का भीमबहादुर चौधरीले बताए । थारू जातिको पौराणिक भाषा, वेशभूषा, रहनसहन, संस्कार, कला तथा सांस्कृतिक परम्परा अनुसार सखिया र झुमरा नाच्ने गरिएको भन्दै यसको आफ्नै मौलिक पहिचार र महत्व रहेको उनले उल्लेख गरे । आर्थिक, सामाजिक तथा राजनीतिक हिसाबले पछि परे पनि सांस्कृतिक हिसाबले थारू जाति अगाडि रहेका चौधरीको भनाइ छ। थारू जातिले माघे सङ्क्रान्तिलाई सबैभन्दा बढी महत्वका साथ मनाउने गर्दछन्। साथै अट्वारी, कृष्ण जन्माष्टमी, दसैँ र तिह...
जितिया मनाउँदै थारू महिला, ब्रतालुका लागि ठाउँठाउँमा महोत्सव

जितिया मनाउँदै थारू महिला, ब्रतालुका लागि ठाउँठाउँमा महोत्सव

जीवनशैली, ताजा समाचार
९ असोज, काठमाडौं। तराइमा बसोबास गर्ने थारू समुदाय लगायतका महिलाहरुले आज जितिया पर्व मनाउँदैछन् । पूर्वी झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिलालगायत तराइमा बसोबास गर्ने महिलाहरूले जितियाको व्रत लिएका हुन् । गाउँदेखि शहरसम्म व्रतालु महिलाका लागि ठाउँ ठाउँमा जितिया महोत्सवको आयोजना गरिएको छ । काठमाडौं उपत्यकामा भने थारू महिलाहरूले तीन ठाउँमा जितिया महोत्सवको आयोजना गरे छन्। थारू महिला समाजले राष्ट्रिय नाँचघर जमल, थारू महिला सभाले पर्यटन बोर्ड भृकुटीमण्डप र थारु सां‌स्कृतिक विकास मञ्‍चले ललितपुरको कुप्णडोलमा एकै दिन जितिया महोत्सव आयोजना गरेका हुन। हिजोदेखि सुरू भएको जितिया तीन दिनसम्म मनाइने थारू महिला समाज उपत्यका समितिकी अध्यक्ष सुशीला चौधरीको भनाइ छ । मुख्यतः पु्वी झापादेखि पश्चिम नवलपरासी पूर्वको तराईका जिल्लामा पर्व मनाउने गरिएको भए पनि पछिल्ला वर्षमा काठमाडौँमा समेत मनाउन था...
चाडपर्वको मुखमा विदेशिए ५७ हजार नेपाली

चाडपर्वको मुखमा विदेशिए ५७ हजार नेपाली

जीवनशैली, ताजा समाचार
९ असोज, काठमाडौं । चाडपर्व नजिकिए पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छैन । नेपालीका दशैं-तिहार जस्ता प्रमुख चाडपर्व नजिकिएका बेला विभिन्न मुलुकमा गरी ५७ हजार ४९३ नेपालीहरू विदेशिएका छन् । यो चालु आर्थिक वर्ष ०८१/०८२ को भदौ महिनामात्र विदेश जाने नेपालीहरुको संख्या हो । वैदेशिक रोजगार विभागका अनुसार विदेशिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । गत साउनमा ६० हजार विदेशिएका थिए । भदौमा २९ हजार ५२८ जना संस्थात रुपमा र ९ हजार २६ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । त्यस्तै जिटुजीमार्फत एक हजार ३ जना विदेश गएका छन् । यो नयाँ तथा पुरानो श्रम स्वीकृत लिएर जाने श्रमिकको संख्या हो । सबैभन्दाे धेरै यूएई गए, मलेशिया जाने घटे वैदेशिक रोजगार विभागका सूचना अधिकारीसमेत रहेका गुरुदत्त सुवेदीका अनुसार भदौमा सबैभन्दा ध...
वीपी मेमोरियल अस्पतालमा बढ्दैछ बिरामीको चाप

वीपी मेमोरियल अस्पतालमा बढ्दैछ बिरामीको चाप

जीवनशैली, स्वास्थ्य
चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको संख्या बढ्दो क्रममा छ । विगत चार वर्षको तथ्यांकले यहाँ बहिरङ्ग सेवा लिन आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको देखाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले यहाँ उपचारका लागि आउने बिरामी निरन्तर बढ्दै गएको बताए । पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ जना बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । आव २०७९/८० मा यो संख्या एक लाख ६६ हजार २०० रहेको थियो । यस्तै, आव २०७८/७९ मा एक लाख ७४ हजार ९३५ र आव २०७७/७८ मा एक लाख ३१ हजार ३०५ ले सेवा लिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । सोही अवधिमा उपचारका लागि आएकामध्ये क्यान्सरका नयाँ बिरामीको संख्यासमेत बढ्दो अवस्थामा रहेको पाइएको छ । आव २०८०/८१ मा छ हजार ७९५, २०७९/८० मा छ हजार ४८०, आव २०७८/७९ मा छ हजार ५३५ रहेको र आव २०७७/७८ मा नयाँ बिरामीको संख्य...
तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ

तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ

जीवनशैली, ताजा समाचार
२ असोज, काठमाडौं । प्रहरीले वीरगञ्जबाट लागुऔषध चरेससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई सोमबार पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गरीले बोकेको प्लाष्टिकको झोलामा करिब तीन किलोग्राम चरेस फेला परेको थियो । पक्राउ परेका गिरीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । @अनलाइनखबर...
जोखिममा वनहराका भूमिहीनको जीवन

जोखिममा वनहराका भूमिहीनको जीवन

जीवनशैली, ताजा समाचार
२८ भदौ, कञ्चनपुर । डेढ दशकदेखि वनहरा नदी नजिक त्रिपालले छाएको झुपडीमा ५४ वर्षीय तुलाराम बोहरा बस्दै आएका छन् । दैनिक मजदुरी गरी उनले परिवारको भरणपोषण गर्दै आएका छन् । सामुदायिक वनको जग्गामा बोहोरासँगै २६ परिवारको त्यहाँ बसोबास छ । जोखिम मोलेर नदी किनारमा बसेका उनीहरू बाढीमा बगिने ठूलो चिन्ता छ । ‘चुरे क्षेत्रमा पानी दर्किन थालेपछि झोपडी छाडेर सुरक्षित स्थानमा जानुपर्छ’, बोहराले भने, ‘पूर्वमा वनहरा नदी, पश्चिममा खोल्सो, दुवैमा भेल आए भाग्न सकिदैन, उत्तरतर्फको सामुदायिक वनको उच्च भाग हाम्रो शरण लिने स्थल हो ।’ डेढ दशकअघिदेखि बस्दै आएको ठाउँ छाडेर अन्यत्र कुन ठाउँमा जाने भन्ने थाहासम्म नभएको सुनाउँदै बोहोरा भन्छन्, ‘त्यही ठाउँमा बस्दा कुन दिन ज्यान जाने हो भन्ने चिन्ता छ, नदीको बाढी र जङ्गली जनावरको पनि उत्तिकै डर छ ।’ सुरक्षित स्थानमा झोपडी सार्न ठाउँ खोज्दै हिँडे पनि वनहराका भूमिही...
सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना

सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना

Travel, जीवनशैली, ताजा समाचार
७ भदौ, इलाम। छेकी शेर्पा १९ वर्षकी भइन्। उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन्। साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आएका छन् । त्यसो त सवारी चलाउने महिला नभएका हैनन्। तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उनी इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुन् । पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उनले गाडी चलाउन थालेका हुन् । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उनी बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जान्छिन् । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्छिन् । उनको बुवा पहिलेदेखि सवारी चालकको काम गर्थिन् । घरमा तीन छोरी भएका कारण बुव...
२२ औं जन्मदिनमा सुशान्तले गरे सामाजिक कार्य संगै आर्थिक सहयोग

२२ औं जन्मदिनमा सुशान्तले गरे सामाजिक कार्य संगै आर्थिक सहयोग

जीवनशैली, ताजा समाचार, शिक्षा, समाज
भाद्र ७, बुटवल । एक उदाहरणीय कार्य, जस्ले करिब दुइवर्ष देखी अलपत्र अवस्थामा रहेको घर आफ्नो जन्मदिनको अवसर पारेर उक्त घर निर्माण सम्पन्न गर्न आर्थिक सहयोग गरेका छन्। रुपन्देहीको सुद्धोधन गाउँपालिका बस्ने सुशान्त आचार्यले भाद्र ६ गते आफ्नो २२ औं जन्मोत्सवको अवसर पारेर विभिन्न सामाजिक कार्य एवम् आर्थिक सहयोग गरेका छ । दुःखमा परेका केशब थारुको घर जग उठाएर पनि आर्थिक समस्या भएकै कारण अलपत्र परेको अवस्थामा थियो। उक्त अलपत्र परेको घरमा ६० हजार भन्दा धेरै आफ्नो लगानी गर्दै घर निर्माण गरेर हस्तान्तरण गरेका छन् । त्यस्तै उनले शुद्धोधन गाउँपालिका आयुर्वेद सेवा शाखा र पशु सेवा शाखाको प्राङ्गणमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन । श्री समैदेवी प्राथमिक विद्यालय शुद्धोधन २ कोलुवा रुपन्देही का विद्यार्थीहरूलाई कपी कलम समेत सहयोग गरेका छन । जन्मदिनको अवसरमा आचार्यले ७० जना विद्य...
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

जीवनशैली, ताजा समाचार, समाज
४ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसक...