Monday, December 23

जीवनशैली

तनहुँमा नागरिकता भन्दा राहदानी लिने बढी

तनहुँमा नागरिकता भन्दा राहदानी लिने बढी

अन्तरास्ट्रिय, जीवनशैली, ताजा समाचार, समाज
२४ साउन, दमौली (तनहुँ) । जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ । राहदानी लिनेमध्ये छ हजार सात सय ३४ महिला र नौ हजार ५३ पुरुष रहेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोही अवधिमा १६ हजार सात सय ४३ राहदानी सिफारिस गरिएको छ । कार्यालयले एक वर्षको अवधिमा आठ हजार नौ सय ५५ नागरिकता वितरण गरेको छ । तीमध्ये वंशजको आधारमा आठ हजार नौ सय ४६ र वैवाहिक अङ्गीकृतको आधारमा नौजनालाई नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमध्ये चार हजार सात सय २८ महिला र चार हजार दुई सय २६ पुरुष छन् । यसैगरी, सात हजार छ सय ६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा नौ महिला र १९...
बडिगाड पहिरोमा ३ बालबालिका अझै बेपत्ता

बडिगाड पहिरोमा ३ बालबालिका अझै बेपत्ता

जीवनशैली, ताजा समाचार, मौसम, समाज
बागलुङ — बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिका अझै बेपत्ता छन् । पहिरोमा परेर ७ वर्षकी मधु बुढा, १० वर्षका मनोज बुढा र ११ वर्षका सुमन थापा अझै हराइरहेको एसपी ऋषिराम कँडेलले बताए । उनीहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । पहिरोले घर पुरिँदा आरुपाटाका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षका यमलाल विक, ११ वर्षीया सीता पुन, ८ वर्षीय अमल बुढा, सोही घरमा आश्रय लिन पुगेकी छिमेकी सञ्जु विककी ६ महिने छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको मृत्यु भएको थियो । चार जना बेपत्ता रहेकामा ३ वर्षका आरुस थापाको शव बुधबार भेटिएको छ । घाइते भएका १० जनामध्ये गम्भीर रहेका १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढालाई उपचारका लागि काठमाडौं पठाइएको छ । उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको गाउँप...
गुल्मी पहिरो अपडेट : ४ जनाको मृत्यु, २ घाइते

गुल्मी पहिरो अपडेट : ४ जनाको मृत्यु, २ घाइते

जीवनशैली, ताजा समाचार, मौसम, समाज, स्वास्थ्य
२२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् । मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ ।...
बाढी आउनेबित्तिकै डुब्छ ललितपुरको आधारभूत स्वास्थ्य केन्द्र

बाढी आउनेबित्तिकै डुब्छ ललितपुरको आधारभूत स्वास्थ्य केन्द्र

जीवनशैली, ताजा समाचार, समाज
२२ साउन, काठमाडौं । बागमती नदीमा आएको बाढीले मंगलबार पनि ललितपुर महानगरपालिका-१ को आधारभूत स्वास्थ्य केन्द्र डुबानमा परेको छ । केन्द्रको परिसरमा घुँडा घुँडासम्म पानी जमेको छ । यो भवनको भुइँतलामा आधारभूत स्वास्थ्य केन्द्र छ भने माथिल्लो तलामा वडा कार्यालय छ । केन्द्रका इन्चार्ज मधुकरमणि आचार्यका अनुसार अहिले पानी परिरहेका कारण भित्र गएर सफा गर्ने अवस्था छैन । ‘अफिस भित्र राखिएको टेबुलसम्म पानी जमेको छ । अब बाहिर भएको पानीलाई हटाउने काम गर्छौं’, आचार्यले अनलाइनखबरसँग भने, ‘आजमात्रै होइन, यसवर्ष तीन पटकभन्दा बढी पानी पसिसकेको छ ।’ भित्र गएर नहेरका कारण अहिले नै कति क्षति भयो भन्ने यकिन नभएको उनले बताए । ललितपुर-१ की ६५ वर्षीया एक वृद्धा टाउको दुखेपछि मंगलबार आधारभूत स्वास्थ्य केन्द्रमा परीक्षण गर्न आएकी छन् । केन्द्र आफैं डुवानमा परेकाले सेवा दिन सक्ने अवस्था छैन । ‘७ दिन अग...
मिस माल्टाको टोली र पर्यटन मन्त्री पाण्डे बीच भेटवार्ता

मिस माल्टाको टोली र पर्यटन मन्त्री पाण्डे बीच भेटवार्ता

अन्तरास्ट्रिय, जीवनशैली, ताजा समाचार, समाज
काठमाडौं । मिस माल्टाको टोली सोमबार बिहान नेपाल आइपुगेको छ । मिस माल्टा चेरिस स्पिटेरी सहितको पाँच सदस्यीय टोली साता लामो भ्रमणका लागि नेपाल आएको हो । टर्किस एयरलाइन्सको विमानबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको टोलीलाई पर्यटन बोर्डका सदस्य र कर्मचारी त्यसैगरी गैरआवासीय नेपाली संघ NRN माल्टाका अध्यक्ष रेम्स खनाल, गैरआवासीय नेपाली संघ माल्टाका उपाध्यक्ष सत्यनारायण झा, पर्यटन दुत प्रकाश भण्डारी, पर्यटन दुत सोम सापकोटा लगायतले ढाकाटोपी र पञ्चैबाजाले स्वागत गरेका थिए । मंगलबार बिहान ११ बजे उक्त टोली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे बिच शिष्टाचार भेटवार्ता सम्मपन्न भएको छ । मिस माल्टाको यो भ्रमणले दुवै देशको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विस्वास गरिएको छ । पछिल्लो समय युरोपको टापु मुलुक माल्टामा नेपाली कामदारको संख्या बढेसँ...
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

जीवनशैली, ताजा समाचार, समाज
१४ साउन, काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् । हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ । गेरुवस्त्रधारी बोलबम यात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य संख्या हुन्छ । बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिंडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।...
ढाका उद्यममा प्यारीमायाको प्रेम

ढाका उद्यममा प्यारीमायाको प्रेम

जीवनशैली, ताजा समाचार, विजनेस, समाज
१४ साउन, भद्रपुर (झापा) । पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ । विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यावसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै गएको छ । प्यारीमाया लिम्बू झपाको बुद्धशान्ति-४ मन्दिरचोकमा ढाकाको उद्यम गर्नुहुन्छ । एपिएस ढाका ट्रेनिङ सेन्टरका नाममा घरेलु तथा साना उद्योग चन्द्रगढी झापामा उद्योग दर्ता गराएर उनले व्यवसायसँगै ढाकाको क्षेत्रमा काम गर्ने नयाँ व्यक्तिलाई तालिम प्रदान गर्दै आएकी छन् । हालसम्ममा उनले आफ्नो उद्योग र स्थानीय तह, घरेलुलगायत विभिन्न सङ्घसंस्थामार्फत तीन सयभन्दा बढी मानिसलाई ढाकासम्बन्धी तालिम दिइसकेकी छन् । उनी भन्छिन्, ‘तालिम लिएका अधिकांश व्यक्ति सानोतिनो जस्तो भए पनि उद्यम गरिरहेका छन्, कसैले पनि खाली हात बस्नुपरेको छैन ।’ बजारको माग धेरै रहेकाले...
गिद्ध लोप हुँदा ५ लाख मानिसको मृत्यु ! आखिर कसरी ?

गिद्ध लोप हुँदा ५ लाख मानिसको मृत्यु ! आखिर कसरी ?

अन्तरास्ट्रिय, जीवनशैली, ताजा समाचार, समाज
गाईवस्तुको सिनोको खोजीमा फोहोर थुपारिएका विशाल ठाउँहरूमा गिद्ध झुम्मिइरहेका हुन्थे । कुनैबेला विमानस्थलबाट उडान भर्ने क्रममा जहाजसँग ठोक्किएर वा जेट इन्जिनमा छिरेर पाइलटका लागि खतरा पैदा गर्दथे । तर, जब बिरामी गाईवस्तुका लागि प्रयोग गरिने केही औषधिहरूका कारण दुई दशक भन्दा केही अघिदेखि भारतमा ठुलो संख्यामा पाइने ती गिद्ध मर्न थाले । सन् १९९० को दशकको मध्यतिर आइपुग्दा ५ करोडको संख्यामा रहेका गिद्धको संख्या डाइक्लोफेनाक नामको औषधिका कारण करिब शून्यमा आयो । डाइक्लोफेनाक गाईवस्तुमा प्रयोग गरिने स्टेरोइड मुक्त दुखाइ कम गर्ने औषधि हो । यो गिद्धका लागि घातक रहेको छ । जब कुनै पंक्षीले यो औषधीको प्रयोग गरिएका पशुहरूको सिनो खान्छन्, ती पंक्षीहरुको मिर्गौला फेल हुन्छ र मर्छन् । State of India’s Birds को नयाँ रिपोर्ट अनुसार सन् २००६ मा पशुहरुको उपचारमा प्रयोग हुने डाइक्लोफेनाक औषधिमाथि भारत...
दिमागलाई कमजोर पार्नसक्ने ६ गल्ती

दिमागलाई कमजोर पार्नसक्ने ६ गल्ती

What's Hot, जीवनशैली, ताजा समाचार, स्वास्थ्य
तन र मनलाई नियन्त्रण गर्ने केन्द्र हो मस्तिष्क । शरीरको कार्य सञ्चालन र भावनामा मस्तिष्क अर्थात् दिमागको भूमिका हुन्छ । हामी के सोच्छौं, के महसुस गछौं, दैनिक घटिरहेको समयलाई कति याद गर्छौं ? कसरी हिंड्ने र बोल्ने ? यी सबै दिमागमै नियन्त्रणमा हुन्छ । दिमागले राम्रोसँग काम गर्न यसको स्वस्थतामा पनि ध्यान पुर्‍याउनुपर्छ । दमागमा कुनै चोटपटक लागेर मात्रै अस्वस्थ हुँदैन । कहिलेकाहीं अञ्जानमा आफ्नै सानातिना व्यवहार र आनाबानीले पनि दिमागलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा हानि पुर्‍याइरहेको हुन्छ । मस्तिष्कलाई हानि गर्ने केही बानी अनिद्रा निद्राको कमी दिमागको लागि हानिकारक हुनसक्छ । जब दैनिकजसो हामी पर्याप्त निद्रा लिन सक्दैनौं, तब हाम्रो दिमागले सही ढंगले काम गर्न सक्दैन । फलस्वरुप, कुनै कुरामा ध्यान केन्द्रित गर्न, स्मरण गर्नेदेखि बौद्धिक क्षमतामा कमी आउन सक्छ । लामो समयसम्म निद्राको क...
एमाले संसदीय मूल्यमान्यता विपरीत गयो – लीला गिरी

एमाले संसदीय मूल्यमान्यता विपरीत गयो – लीला गिरी

जीवनशैली, ताजा समाचार, राजनीति
७ साउन, काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेपछि दलका नेता लिला गिरीले असन्तुष्टि जनाएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले यो निर्णय संसदीय मूल्यमान्यता विपरीत भएको टिप्पणी गरे । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्नबाट अन्तिम समयमा रोकिएका एमाले संसदीय दल नेता लीला गिरीसँग अनलाइनखबरले छोटो संवाद गरेको छ । उनले पार्टी संसदीय मूल्य मान्यता विपरीत जाँदा इमान्दार कार्यकर्ता अन्यायमा परेको क्षोभ प्रकट गरे । तपाईं मुख्यमन्त्री बन्ने पक्कापक्की थियो, किन रोकिनुभयो ? अब मैले के गर्ने, पार्टीले हस्तक्षेप गर्‍यो । मैले अवसर पाइनँ । पार्टी भनेको तपाईंहरु नै होइन र ? तपाईं संसदीय दलको नेता । होइन, केन्द्रले हस्तक्षेप गर्‍यो । मैले यसबारे माथिल्लो तहमा भनिसकेको छु । केन्द्रमा कसले हस्तक्षेप गर्‍यो ? मैले अध्यक्ष कम...