३० कात्तिक, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ५४ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ६ करोड ४० लाख रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा खुद नाफा १४ करोड रुपैयाँ थियो ।
कम्पनीको खुद प्रिमियम आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले ३४ करोड २३ लाख रुपैयाँ रहेकोमा अहिले ३४ करोड ७१ लाख रुपैयाँ छ । कुल आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले ६४ करोड ५४ लाख रुपैयाँ रहेकोमा अहिले ५८ करोठ ५७ लाख रुपैयाँ छ ।
कुल आम्दानी घट्दा कुल खर्च बढेको छ । जसले नाफामा असर पारेको देखिन्छ । कुल खर्च पहिले ४४ करोड ५३ लाख रुपैयाँ रहेकोमा अहिले ४७ करोड ६६ लाख रुपैयाँ छ । कम्पनीको विपत्ती कोषमा १९ करोड ५५ लाख रुपैयाँ छ ।
नाफासँगै प्रतिसेयर आम्दानी घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले १९ रुपैयाँ ९६ पैसा रहेकोमा अहिले ९ रुपैयाँ १२ पैसामा खुम्चिएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २७७ रुपैयाँ ६७ पैसा छ । बिहीबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ८९० रुपैयाँ छ ।