Monday, December 23

बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

१२ मंसिर, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिनका लागि १ खर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणमा लगानी गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्नुपर्ने छ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

उक्त उपकरणको साँवा र ब्याज भुक्तानी ३० पुसमा हुनेछ । बोलकबोलमा सहभागी हुने बैंकले न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल पेस गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *