१७ मंसिर, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से सुस्ताएका बेला ७ कम्पनीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
उच्च विन्दुमा पुगेका कम्पनीमा अधिकांश विकास बैंक सेक्टरका छन् । विकास बैंक समूह ३९ महिनायताकै उच्चतम विन्दुमा पुगेको छ । यो सेक्टर हाल ६,१२६ विन्दुमा छ । जुन अंक २०७८ भदौ २ यताकै उच्च हो ।
यहीं सेक्टरका ५ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । उच्च विन्दुमा पुगेका विकास बैंकमा सिन्धु, मितेरी, सप्तकोशी, कर्पोरेट र ग्रीन डेभलपमेन्ट बैंक छन् । आइतबार बजार बन्द हुँदा उच्च मूल्यमा पुगेका कम्पनीहरु सिन्धुको मूल्य प्रतिकित्ता १०३०.७०, मितेरीको ८२७, सप्तकोशीको ११२२, कर्पोरेटको १८३१.५० तथा ग्रीन डेभलपमेन्टको मूल्य ११२८ रुपैयाँ छ ।
त्यस्तै सपोर्ट माइक्रोफाइनान्स र रिभर फल्स पावरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार बजार बन्द हुँदा सपोर्टको मूल्य ३२०० र रिभर फल्सको मूल्य ९३० रुपैयाँ छ ।