१७ मंसिर, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि १४ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १३.३० प्रतिशत बोनस सेयर र बाँकी ०.७० प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीले कुल ५३ करोड २८ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गर्ने जनाएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।