Monday, December 23

छिमेक लघुवित्तको लाभांश घोषणा

२० मंसिर, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ४४ करोड ६५ लाख रुपैयाँ बराबरको १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

यसअघि कम्पनीले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । बुधबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५६ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *