२१ मंसिर, काठमाडौं । यो साता सेयर बजार ०.५ प्रतिशत घटेको छ । गत साता २७४८ मा रहेको बजार यो साता २७३४ अंकमा बन्द भयो । समग्रमा बजार साइडवेज ट्रेन्डमा देखिएको छ । यो साता ५ दिन नै कारोबार भएको छ ।
साताको पहिलो दिन आइतबार ९.९९ अंक घटेको बजार सोमबार १९.९७ र मंगलबार १७.८० अंक बढ्यो । त्यस्तै बुधबार २४.९७ र बिहीबार १५.९३ अंक घट्यो ।
कारोबार रकम साढे ८ देखि १० अर्बको बीचमा घुमिरहेको छ । आइतबार ८ अर्ब ८३ करोडको कारोबार भएकोमा सोमबार १० अर्ब ५४ करोड, मंगलबार ८ अर्ब ५२ करोड, बुधबार ९ अर्ब १३ करोड, बिहीबार ८ अर्ब ३६ करोडको कारोबार भयो ।
यो साता बजारमा समूहगत उतारचढाव
समूह गत साताको अंक यो साताको अंक वृद्धिदर प्रतिशत
बैंकिङ १,४९२ १४४० –३.४८
विकास बैंक ५,८६१ ५८१७ –०.७५
फाइनान्स ३,६३८ ३३६८ –७.४२
हाइड्रोपावर ३,५७९ ३६१५ १.००
माइक्रोफाइनान्स ५,१६१ ५०५२ –२.११
जीवन बीमा १३,५६७ १३,७५४ १.३७
निर्जीवन बीमा १३,१९१ १३,०७८ –०.८५
होटल तथा पर्यटन ६,८९६ ६८५२ –०.६३
उत्पादन÷प्रशोधन ६,८२८ ६७३६ –१.३४
लगानी १०६.८५ १०४.७५ –१.९६
व्यापार ४,२२९ ५०७४ १९.९८
अन्य २,०५८ २००३ –२.६७
व्यापारमा उच्च वृद्धि, बैंकिङमा गिरावट
यो साता व्यापार सेक्टर सबैभन्दा धेरै करिब २० प्रतिशत बढ्यो । पूँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी विशाल बजारको मूल्यमा आएको उच्च वृद्धिले व्यापार सेक्टरलाई बढायो ।
साल्ट ट्रेडिङ र विशाल बजार दुई कम्पनी मात्रै सूचीकृत रहेको यो सेक्टर विशाल बजार कम्पनीले नै चलाउँछ । साल्ट ट्रेडिङभन्दा विशाल बजारको पूँजीकरण १० गुणा बढी छ ।
त्यस्तै हाइड्रोपावर र जीवन बीमा पनि सामान्य बढे । तीबाहेक अरु सबै सेक्टर घटेका छन् । बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.४८ प्रतिशत घट्यो ।
यो साता मूल्य धेरै बढेका १० कम्पनी
कम्पनी हालको मूल्य वृद्धिदर प्रतिशत
खानीखोला हाइड्रोपावर ४२८ ४५.३६
जोशी हाइड्रोपावर ४७५ ३७.८८
दिव्यश्वरी हाइड्रोपावर ३३७ २६.२२
विशाल बजार ६६३० २१.७६
मन्दाकिनी हाइड्रोपावर ९३८ १८.१४
नारायणी डेभलपमेन्ट बैंक १२३४.२० १६.४३
सुपर मादी हाइड्रोपावर ११४९ १६.१८
रिभर फल्स पावर १०५० १३.३९
स्वाभिमान लघुवित्त २२०५ १२.५०
मोलुङ हाइड्रोपावर ५०८ १२.१४
उच्च कारोबार भएका कम्पनी
यो साता कारोबार रकमका आधारमा नेपाल फाइनान्स अग्रस्थानमा रह्यो । एक सातामा यस कम्पनीको १ अर्ब ५८ करोडको सेयर कारोबार भएको छ ।
त्यसपछि क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप पावर, एक्सल डेभलपमेन्ट बैंक, जानाकी फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, युनाइटेड इदी मर्दी, बेस्ट फाइनान्स, लाइफ इन्स्योरेन्स नेपाल र रसुवागढी हाइड्रोपावर रहे ।
कारोबार संख्याका आधारमा अगाडि रहेका कम्पनीमा नेपाल फाइनान्स, ङादी ग्रुप, आँखुखोला जलविद्युत्, हिमालयन रिइन्स्योरेन्स, जानाकी फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, युनिभर्सल पावर र ज्योति विकास बैंक क्रमशः रहे ।
यो साता मूल्य उच्च दरमा घटेका कम्पनी
कम्पनी हालको मूल्य गिरावट दर प्रतिशत
नेपाल फाइनान्स ११५५ -२३.००
युनिक नेपाल लघुवित्त २५०२.१० -११.२७
गुडविल फाइनान्स ८६७ -९.७८
बेस्ट फाइनान्स ८६७ -८.६९
जानाकी फाइनान्स ९२५ -८.८७
विन नेपाल लघुवित्त २६६९ -६.५०
गुराँस लघुवित्त २२८० -६.३७
अपर सोलु हाइड्रो ६०७ -६.३३
समाज लघुवित्त ३४०६ -६.१७
रिलायन्स फाइनान्स ६५४ -६.१७