Wednesday, December 25

गुगल सर्चमा एआई मोड थप गर्दै गुगल

दिग्गज कम्पनी गुगलले आफ्नो सर्च इन्जिनमा आर्टिफिसियल इन्टेलिजेन्स फिचर थप गर्ने तयारी गरेको छ । रिपोर्ट अनुसार गुगलले आफ्नो सर्च इन्जिनमा एआई मोड उपलब्ध गराउँदैछ । यद्यपि यो फिचर वैकल्पिक हुनेछ, अर्थात् प्रयोगकर्तासँग यसलाई सक्रिय बनाउने वा निस्क्रिय बनाउने विकल्प हुनेछ । उसो त गुगल सर्चमा एआई ओभरभ्यू नामक फिचर पहिलेदेखि नै रहेको छ । एआई मोडचाहिँ त्यो भन्दा फरक हुनेछ ।

The Information मा प्रकाशित रिपोर्ट अनुसार गुगल सर्चमा थप हुने एआई मोडको इन्टरफेस जेमिनाई (Gemini) च्याटबटको वेब भर्सन जस्तै हुनेछ । गुगलले आफ्नो उक्त कदम मार्फत् जेमिनाई च्याटबटलाई धेरै भन्दा धेरै प्रयोगकर्ता माझ पूराउने उद्देश्य राखेको विश्लेषण गरिएको छ ।

गुगलको च्याट बट जेमिनाइका प्रयोगकर्ताको संख्या ओपन एआईको च्याट जिपिटीको भन्दा निकै कम छ । बिजनेस अफ एप्सका अनुसार गत अक्टोरबमा जेमिनाइका सक्रिय प्रयोगकर्ताको संख्या ४ करोड २० लाख थियो। सोही महिनाको सुरुमा ओपन एआईका सीईओ साम अल्टम्यानले च्याटजिपिटीका साप्ताहिक सक्रिय प्रयोगकर्ता ३० करोड भएको बताएका थिए ।

आफ्नो च्याटबट प्रतिस्पर्धी च्याट जिपिटीभन्दा पछि परेपछि गुगलले सर्च इन्जिनको माध्यमबाट आफ्ना अर्बौं प्रयोगकर्तामाझ जेमिनाईलाई परिचित गराउने योजना बनाइरहेको छ । गुगल सर्चमा एआई मोडलाई टेक्स्ट फिल्डको तलपट्टि All, Images तथा Video ट्याबको बायाँपट्टि राखिनेछ ।

गुगल सर्चको एआई मोडले लिखित मात्र नभई मौखिक सबालहरुको पनि जवाफ दिनेछ । अर्थात यसले text prompts का साथै voice based prompts पनि सपोर्ट गर्नेछ। यद्यपि गुगल सर्चमा एआई सुविधाको सुरुवात कहिले गर्ने भन्ने चाहिं गुगलल प्रष्ट पारेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *