Saturday, December 28

माओवादीको शंका- निजामती विधेयक ढिलो गर्न खोजेको पो हो कि !

१२ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्न सरकारले ढिलो गर्न खोजेको आशंका गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ढिलाइ भइरहेको आरोप बताए ।
उनले समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरूमात्रै आउने र मन्त्री नआउने गरेको गुनासो गरे ।

‘सामान्य प्रशासन हेर्ने मन्त्रीज्यु नै उहाँहरू आइरहनुभएको छ, टिम नै आएको छ भन्दै सधैँ नआउने, त्यसपछि हामी छलफल अघि बढाइरहने ? आफ्नो कुरा नराख्ने, टिमले टिप्ने मात्रै,’ उनले भने, ‘यो विधेयकलाई कतै ढिलो गर्न खोजेको पो हो की ? यो विधेयक त संघीयतासँग सम्बन्धित विधेयक हो । यो विधेयकले त प्रदेशमा असर गरेको छ । यसले त संघीयता कार्यान्वयनलाई असजिलो बनाएको छ ।’

संघीय निजामती विधेयक नआउँदा प्रदेश र स्थानीय तहमा समस्या आइरहेको उनले बताए ।

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय त्यहाँ बस्ने हाम्रा कर्मचारीहरु सबैभन्दा बढी आउनुपर्ने हो । जसले डे टु डे कर्मचारीलाई परेका समस्या के के हुन्, राष्ट्रलाई परेका समस्या केके हुन् ? विकास गर्नलाई र अझ यसलाई राम्रो बनाउन केके गर्नुपर्छ भनेर त्यो मन्त्रालयसँग सम्बन्धित छलफल, धारणा, कहिले बुझ्ने हो ?,’ उनको प्रश्न छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *