एप्पल तथा सामसुङका स्मार्टफोनको बीच सदैव एउटा कडा प्रतिस्पर्धा हुँदै आएको छ । दुवै कम्पनीहरुले आ आफ्ना अपरेटिङ सिस्टम तथा विशेष फिचर्सका साथ ग्राहकलाई आकर्षित गर्दछन् । यद्यपि केही यस्ता पहल पनि छन् जहाँ एप्पलको दबदबा छ ।त्यस्तै कतिपय मामिलामा सामसुङ पनि अगाडि रहेको छ । प्रविधिको लडाइँमा यी ५ बिन्दुमा सामसुङ एप्पलभन्दा अगाडि बढिसकेको छ :
१. डिस्प्ले प्रविधि : डिस्प्ले प्रविधिको मामिलामा सामसुङको प्रतिस्पर्धा कसैसँग पनि हुन सक्दैन । सामसुङले ओएलइडी डिस्प्लेमा जबरजस्त सुधार गरेको छ र कम्पनीको डिस्प्ले प्रविधि यतिधेरै उत्कृष्ट छ कि एप्पलले समेत आफ्ना आइफोनका लागि सामसुङसँगै ओएलइडी प्यानल खरीद गर्दछ । डिस्प्लेको रिजोलुसन तथा ब्राइटनेसको मामिलामा सामसुङका स्मार्टफोनहरु आइफोन भन्दा निकै अगाडि छन् । यसबाट पनि सावित हुन्छ कि सामसुङको डिस्प्ले प्रविधि एप्पलको तुलनामा उत्कृष्ट छ।
२. कस्टमाइजेसन : जहाँ एप्पलको आइओएस मा कस्टमाइजेसनका निकै सीमित विकल्प हुन्छन् तर सामसुङका स्मार्टफोनमा भने प्रयोगकर्तालाई कस्टमाइजेसनका निकै धेरै विकल्प उपलब्ध छन् । तपाईंले सामसुङका स्मार्टफोनमा आइकनदेखि अलवेज अन डिस्प्लेसम्म आफ्नो इच्छाअनुसार कस्टमाइजेसन गर्न सक्नुहुन्छ। सामसुङका स्मार्टफोनमा थर्ड पार्टी लन्चर्स तथा साइडलोड एपको अनुमति हुन्छ जबकि एप्पलमा यस्तो कुनै छुट छैन । जसले प्रयोगकर्तालाई आफ्नो रुचिअनुसार अपरेटिङ सिस्टमलाई कस्टमाइजेसन गर्ने अनुमति दिंदैन ।
३. हार्डवेयर र इनोभेसन : हार्डवेयरका मामिलामा सामसुङ सदैव नयाँ नयाँ प्रयोगको मामिलामा अगाडि रहेको छ । यसको सबैभन्दा ठूलो उदाहरण कम्पनीको फोल्डेबल स्मार्टफोन नै हो । सामसुङले फोल्डेबल डिस्प्ले तथा इनोभेटिभ डिजाइनका साथ स्मार्टफोन बजारमा आफ्नो पकड बलियो बनाएको छ । जबकि एप्पलले अहिलेसम्म फोल्डेबल फोनको दिशामा कुनै कदम चालेको छैन । सामसुङको यो रणनीति नयाँ ग्राहकलाई आकर्षित गर्न तथा बजारमा छुट्टै पहिचान कायम राख्नका लागि सफल रहेको छ ।
४. ब्याट्री तथा चार्जिङ : ब्याट्री तथा चार्जिङको क्षेत्रमा पनि सामसुङले एप्पललाई पछि पारको छ । ग्यालेक्सी एस २४ मा सामसुङले ५००० मिलिएम्पियर आवर क्षमताको ब्याट्री राखेको छ जबकि एप्पलको आइफोन १६ प्रो मा रहेको ब्याट्रीको क्षमता ४६८५ मिलिएम्पियर आवर मात्रै छ । यसका अलावा सामसुङका फ्लागशीप मोडेलमा ४५ वाट फास्ट चार्जिङ सपोर्ट मिल्दछ, जबकि एप्पलमा यो क्षमता केवल २५ वाटको मात्रै छ । त्यसैले ब्याट्री तथा चार्जिङ स्पीडको मामिलामा पनि एप्पलभन्दा सामसुङ निकै अगािड छ ।
५. लक-इन मुक्त इमोसिस्टम : सामसुङले पनि आफ्नै इकोसिस्टमको विकास गरेको छ तर एप्पलले जस्तो त्यसमा कुनै बन्देज लगाएको छैन । सामसुङका स्मार्टवाच तथा अन्य डिभाइसलाई प्रयोगकर्ताले अन्य कम्पनीका एन्ड्रोइड फोनसँग पनि पेयर गर्न सक्दछन् । त्यसैगरी सामसुङका इयरबड्सलाई आइफोनबाट पनि जोड्न सकिन्छ । तर, एप्पलका प्रडक्टहरुमा यस्तो खालको लचकता छैन । एप्पलको इकोसिस्टम लक इन अर्थात् बन्द रहन्छ जहाँ प्रयोगकर्ताहरु केवल एप्पलकै डिभाइस प्रयोग गर्न बाध्य हुन्छन्।
@एजेन्सी