Wednesday, January 15

एप्पलमाथि जुकरबर्गको आरोप : आइफोन पैसा कमाउने भाँडो, इनोभेसन शून्य

फेसबुकको मातृ कम्पनी मेटा र आइफोन निर्माता कम्पनी एप्पलबीचको द्वन्द्व नौलो होइन । यी दुई कम्पनीका सीईओबीच बेला बखतमा विभिन्न खालका आरोप प्रत्यारोप पनि हुने गरेका छन् । यही क्रममा मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गले एप्पलमाथि गम्भीर आरोप लगाएका छन् ।

एप्पलले पछिल्ला केही वर्षदेखि आइफोनको सफलतामा निर्भर भएर इनोभेसन (नवप्रवर्तनशीलता) लाई नजरअन्दाज गरिरहेको आरोप जुकरबर्गले लगाएका छन् ।

युट्युबर जो रोगनसँगको एक पडकास्टमा जुकरबर्गले एप्पलका विषयमा टिप्पणी गरेका हुन् । उनले भने- आइफोनबाट २० वर्षदेखि एप्पलले पैसा कमाइरहेको छ । तर नयाँ तथा क्रान्तिकारी चिज ल्याउनमा असफल छ ।

एप्पलका नीतिप्रतिको आक्रोस

जुकरबर्गको अभिव्यक्तिबाट के कुरा पनि प्रष्ट हुन्छ भने उनी एप्पलको एप स्टोर नीति तथा गोपनीयतासम्बन्धी कडा नियमहरुबाट असन्तुष्ट छन् । यस्ता कडा नियमहरुका कारण मेटाको विज्ञापन आयमा असर परिरहेको छ । उनले भनेका छन् – एप्पलले आइफोनको उपयोग विभिन्न खालका मनोमानीयुक्त नियम थोपर्नका लागि गरिरहेको छ । यस्तो लाग्छ कि एप्पलले पछिल्ला वर्षहरुमा कुनै ठूलो अन्वेषण गरेको छैन । स्टिभ जब्सले आइफोन पेस गरेका थिए र त्यसयता २० वर्षपछि पनि एप्पल त्यही कुरामा अड्किरहेको छ ।

एप्पलको सानो सुधार वाला रणनीतिमाथि हमला

एप्पलले आइफोनमा लगातार स साना सुधार गरिरहेको तर मेटाजस्ता कम्पनीहरुले जस्तै मेटाभर्स तथा भर्चुअल रियालिटी जस्ता नयाँ प्रविधिको क्षेत्रमा कदम अघि नबढाएको आरोप जुकरबर्गको छ । कम्पनीले गोपनियता तथा सुरक्षाका मुद्दाहरुको प्रयोग आफ्नो बचावटमा गर्ने गरेको आरोप पनि जुकरबर्गले लगाएका छन् । उनले भनेका छन्- एप्पलले सुरक्षा र गोपनियताको कुरालाई एप्पलले एउटा बहानाको रुपमा प्रयोग गरिरहेको छ ताकि उसका उत्पादनहरु मात्रै सजिलैसँग कनेक्ट हुन सकुन् ।

एप्पल र मेटाबीचको पुरानो प्रतिद्वन्द्विता

मेटा र एप्पल बीचको यो खिचातानी कुनै नयाँ कुरा होइन । सन् २०२१ मा एप्पलले एप ट्रयाकिंग ट्रान्सपरेन्सी फिचर पेस गरेको थियो । त्यसबाट फेसबुक जस्ता प्लाटफर्मका लागि प्रयोगकर्ताका डेटा ट्रयाक गर्न कठिन भयो । जुकरबर्गले उक्त कदमको आलोचना गर्दै भेनका थिए कि त्यस कदमले साना व्यवसायहरुमा नोक्सानी पुर्‍याउनेछ, जो पर्सनलाइज्ड विज्ञापनमा निर्भर छन् ।

@एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *