Monday, December 23

राष्ट्रिय मातृभूमि पार्टी र निर्विकल्प पार्टी बिच एकता

काठमाडौँ । निर्वाचन आयोगमा दर्ता रहेको राष्ट्रिय मातृभूमि पार्टी र छुट्टै राजनीतिक दल दर्ताको प्रक्रियामा रहेको क्याप्टेन कुल बहादुर (केबी) लिम्बु संयोजक रहेको निर्विकल्प राजनीतिक समूहबिच एकता सम्पन्न भएको छ ।

लामो समयदेखिको विचार आदानप्रदान र घनीभूत छलफल पश्चात् दुई राजनीतिक शक्तिबिच राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा सहमति भई दुवै पक्षका वार्ता समितिबाट असोज १० गते समझदारीमा हस्ताक्षर सम्पन्न भएको थियो । सो समझदारीलाई असोज १२ मा बसेको राष्ट्रिय मातृभूमि पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।

समझदारी अनुसार पार्टीको मूल राजनीतिक दर्शन र सिद्धान्त राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि, सुविधा राज्य र नेपालवादप्रति प्रतिबद्ध रही राष्ट्रिय मातृभूमि पार्टीमा निर्विकल्प राजनीतिक शक्ति समायोजन तथा एकीकरण हुने प्रबन्ध गरिएको छ ।

समायोजनको पदीय जिम्मेवारी बाँडफाँट अन्तर्गत निर्विकल्प राजनीतिक समूहका संयोजक क्याप्टेन केबी लिम्बु पार्टीको वरिष्ठ नेता रहनेछन् । नील बहादुर लामा पार्टीको सहसचिव तथा विष्णु प्रसाद (बीपी) पौडेल, लोकनाथ चुडाल, इन्द्र कालिकोटे र नरेन्द्र कुमार शाह पार्टीको केन्द्रीय सदस्य रहनेछन् भने राजप्रसाद अधिकारी पार्टीको मोरङ जिल्ला समितिको संयोजक रहनेछन् ।

यस्तै, निर्विकल्प राजनीतिक समूहका अन्य सदस्यहरूलाई वरीयता र कार्यसक्षमताको आधारमा पार्टीका उपयुक्त तह, विभाग र समितिहरूमा समायोजन गर्ने सहमति भएको छ ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *