१ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेका चार थान जहाजको किन्दा लिएको ऋणको किस्ता तिरेको छ ।
नेवानिले दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वको किस्ता बुझाएको हो ।
दुई न्यारो बडी जहाजको २०८१ असोजको किस्ता बापत पूरा र दुई वाइड बडीको आंशिक गरी ३० असोजका दिन ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको हो ।
पछिल्लो व्यवस्थापनले नेतृत्वले सम्हालेयता असोजसम्म ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५ सय ३३ रुपैयाँ किस्ता रकम तिरेको नेवानिले जनाएको छ ।
विश्वव्यापी कोरोना भाइरस महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकाले त्यसबेलाको ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गर्न निगमले माग गरेको छ । किस्ता संख्या बढाएर समेत ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गर्न सकिने निगमको विकल्प छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
@अनलाइनखबर