Monday, December 23

अनेरास्ववियुले राष्ट्रिय परीक्षा बोर्डलाई बुझायो ध्यानाकर्षण पत्र

२६ कात्तिक, काठमाडौं । खोटाङको एक विद्यार्थीको उत्तरपुस्तिका चेकजाँचका क्रममा लापरवाही भएको भन्दै अनेरास्ववियु काठमाडौंले राष्ट्रिय परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बोर्डलाई जिम्मेवार बनाउन माग गर्दै अनेरास्ववियुले बोर्डका अध्यक्ष महाश्रम शर्मालाई पत्र बुझाएको हो ।

खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भएको थियो ।

अनेरास्ववियुले सोही विषयमा बोर्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । साथै ध्यानाकर्षणपत्रमा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट पनि प्रभावकारी नरहेकोमा, वेबसाइट प्रभावकरी बनाउनसमेत आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *