Tuesday, December 24

रास्वपाबाट कीर्तिपुरको मेयरमा जयराम कार्कीको मात्र दाबी

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि एक जनाको मात्र दाबी परेको छ ।

रास्वपाका कीर्तिपुर नगर सभापति जयराम कार्कीले मात्र मेयरका लागि दाबी गरेका हुन् । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवार हुन इच्छुकका लागि २२ देखि २५ कात्तिकभित्र दाबी पेश गर्न आह्वान गरेको थियो ।

त्यस अवधिमा कार्कीले मात्र दाबी पेश गरेका हुन् । एकल दाबी परेकाले आफ्नो उम्मेदवारी करिब पक्का भएको कार्कीले दाबी गरे । ‘नगरबाट मेरो एकल सिफारिस छ । वडा नम्बर ४ मा पनि एकल सिफारिस छ’, उनले भने ।

कीर्तिपुरमा मेयर र दुई वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । वडा नम्बर १ मा भने रास्वपाबाट उम्मेदवार सिफारिस भएको छैन ।

कीर्तिपुरको उम्मेदवार सकेसम्म बिहीबार साँझ टुंग्याउने तयारी रहेको बागमती प्रदेश समितिका महामन्त्री सुरेन्द्र भट्टले बताए ।

कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई, माओवादी केन्द्रले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।

राजमान मानवले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसबाट ११ जनाको नाम सिफारिस भएको छ र नाम टुंगो लगाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *