Monday, December 23

थाई एयर एसिया जहाज भैरहवाको आकाशमा १ घण्टा होल्ड

बुटवल । भैरहवास्थित गौतम बुद्ध विमानस्थल थाईल्याडको बैंककबाट आएको थाई एयर एसियाको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भएको छ । गौतम बुद्ध विमानस्थलको भिजिबिलिटी कम भएका कारणले थाई एयर एसियाको विमान आकाशमा होल्ड भएको हो ।

गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी विनोद राउतले विमान कम्पनीहरूले आ–आफ्नो भिजिबिलिटीको मापदण्ड बनाउने हुँदा थाई एयर एसियाले कम देखेका कारण आकाशमा होल्ड भएको बताए ।

सोही समयमा जजिरा विमान विमानस्थलमा अवतरण गरेपनि थाई एयर एसियाका पाइलटलाई कम भिजिबिलिटी लागेकाले केही समय होल्ड गरेको उनले बताए । उनले अनुकूल भिजिबिलिटी हुनासाथ थाई एयर एसियाको विमान अवतरण गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *