२ मंसिर, काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. लोचन कार्की बेलायतको प्रतिष्ठित रोयल कलेज अफ फिजिसियन्स अफ एडिनबर्गको एशियाली क्षेत्रीय सल्लाहकारमा निर्वाचित भएका छन् ।
रोयल कलेजले डा. कार्कीलाई पठाएको पत्रमा उनी पाँच वर्षे कार्यकालका लागि निर्वाचित भएको जनाएको छ । उनको कार्यकाल सन् २०२९ को अक्टोबरसम्म रहनेछ ।
क्षेत्रीय सल्लाहकारको रूपमा डा. कार्कीले एशियाली स्वास्थ्य गतिविधिहरूको व्यवस्थापन, नीति निर्माण र क्षेत्रीय स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्ने जिम्मेवारी पाएका छन् ।
निर्वाचित भएपछि प्रतिक्रिया दिँदै डा. कार्कीले भने, ‘यो निकै खुसीको कुरा हो । यस उपलब्धिले नेपाली चिकित्सा समुदायको विश्वव्यापी पहिचानलाई अझ मजबुत बनाउने विश्वास लिएको छु ।’