७ मंसिर काठमाडौं । राहदानी वितरणको काम अनिश्चित कालका लागि ठप्प भएको छ । २ दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउने काम ठप्प भएको छ ।
राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको हो । यसले गर्दा तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित भएका छन् । हिजो बिहीबारदेखि नै राहदानी वितराणको सबै कामकाज ठप्प भएको छ ।
विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको उल्लेख गरेको छ । समूहले कम्तीमा ९ मंसिरसम्म यो समस्या समाधान नहुने प्रारम्भिक निष्कर्ष निकाले पत्रमा उल्लेख छ ।
१० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न विभाग प्रयासरत रहेको उल्लेख छ । तर, अधिकारीहरु १० गतेसम्म पनि प्रणालीको समस्या हल हुनेमा आशावादी छैनन् ।