Wednesday, December 25

यो उपनिर्वाचन ०८४ को लागि आँखीझ्याल बन्नेछ : प्रचण्ड

१३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर १६ गते हुने उपनिर्वाचन ०८४ को निर्वाचनका लागि आँखिझ्याल बन्ने दाबी गरेका छन् ।

बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावबारे बोल्ने बताएका हुन् ।

‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ,’ प्रचण्डले भने ।

साथै, उनले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह गरे ।

‘हामी कसैको डर, धाक, प्रलोभन, लोभ लाचनमा नफसिकन एकचोटी विकास निर्माणको नयाँ अभियानमा अघि बढ्ने अवसर हामीसँग छ । कीर्तिपुरले फेरि एउटा रेकर्ड बनाउनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भने ।

कीर्तिपुरका सांस्कृतिक पर्वहरू, सांस्कृतिक झांकी, बाजागाजाको संरक्षण र संवद्र्धन गर्ने जिम्मेवारी आफूहरूको काँधमा रहेको जिकिर गरे ।

‘यहाँका सबै सांस्कृतिक पर्वहरू, सांस्कृतिक झांकी, बाजागाजा यी सबै पनि कीर्तिपुरका मौलिक छन् । यसको संरक्षण र संवद्र्धन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ,’ प्रचण्डको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *