Monday, December 23

चितवनमा रवि लामिछानेको दोस्रो दिनको बयान सुरु

१९ मंसिर, काठमाडौं । सहारा चितवन सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको दोस्रो दिनको बयान सुरु भएको छ ।

सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको दोस्रो दिनको बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले आज बयान सक्ने तयारी रहेको अनलाइनखबरलाई बताए ।

चितवनमा पनि सहकारी ठगीको उजुरी परेपछि लामिछानेलाई मंगलबार बिहान चितवन लगेर बयान लिइए पनि सकिएको थिएन ।

चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध गत मंसिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई मंगलबार चितवन लगिएको हो ।

यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *