Friday, December 27

चीनसँग ऋण सम्झौता भएको छैन : प्रधानमन्त्री

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीका बेलामा ऋणबारे कुनै कुरा नचलेको बताएका छन् ।

चीनबाट फर्किएर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘ऋणसम्बन्धी कुनै कुरा चलेन । छलफल पनि भएन । बीआरआईबारे छलफल भयो । अहिले हामीले जे प्राप्त गरेका छौँं, त्यो ऋण होइन भन्ने कुरा धेरै पटक भनिएको छ । त्यो हुँदा पनि होइन । सधैँ किन ऋणको सारंगी बजिरहेको छ । होइन र छैन भनेर पटकपटक भनेका छौं । ऋणसँग यो सरोकार राख्दैन,’ प्रधानमन्त्री ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *