Wednesday, December 25

बुटवलका पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण – दाङ-रुपन्देही सम्पर्क समाज

बुटवल, २० मंसिर । बुटवलमा क्रियाशिल पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । दाङ- रुपन्देही सम्पर्क समाजको आयोजना तथा बुटवल प्रयोगशाला, मेडिक्रस डाईग्लोसिस ल्याब्रोटरीको प्राविधिक सहयोगमा बिहिबार बुटवलमा परिक्षण गरिएको हो ।

समाजलाई सूसुचित गराउन भू-गोल, मौसम र अनेकौं परिस्थितिसंग सामाना गर्दै आफ्नो स्वास्थ्यको समेत कुनै प्रवाह नगरी समाचार संकलनमा खटिने पत्रकारहरुको मधुमेह, पिसाबसहित मृगौला परिक्षण गरिएको समाजका अध्यक्ष रेशम बहादुर महराले बताए । उनले भने, देशको चौथो अंग पत्रकारले आफ्नो स्वास्थ्यभन्दा पनि अन्य नागरिक र घटनाहरुको बिषयमा खटिदा पानीसमेत खान नपाउने अवस्थामा रहेर पत्रकारिता गर्नुपर्ने अवस्थालार्ई मध्यनजर गरी शिविरको आयोजना गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा.सागर पौडेलले स्वास्थ्य सचेतना आजको आवश्यकता भएको बताए । आम नागरिकलाई सुसुश्चित गर्ने पत्रकारहरुको स्वास्थ्यलाई मध्येनजर गरि समाजबाट महत्वपूर्ण काम भएको उनले बताए । कुनै पनि ब्यक्तिको मृगौला खराब भएको लक्षण धेरै ढिला हुने हुदा पनि समयसमयमा यसको जाच जरुरी रहने भन्दै उनले आम नागरिकलाई यसबारे सचेत गराउन जरुरी रहेको बताए । मृगौला खराब हुने मुख्य कारणका रुपमा अहिले उच्च रक्तचाप र मधुमेह देखिएको भन्दै उनले खानपिन र जिवनशैलीलाई परिवर्तन गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा मेडिकल ल्याब्रोटरी एशोसियसन (मेलान) केन्द्रिय सचिवालय सदस्य तथा बुटवल प्रयोगशालाका संचालक गुणानिधि खनाल, मेडिक्रस डाईग्लोसिस ल्याब्रोटरीका संचालक मनोज काफ्ले, पत्रकार श्याम पोखरेलले धेरै महत्वपूर्ण कार्यक्रम गरिएको भन्दै आगामी दिनमा सहकार्यमा थप नया ढंगबाट संचालन गर्न सुझाव समेत दिए ।

कार्यक्रमको सहजीकरण समाजका सचिव नारायण वलीले गरेका थिए भने दुई दर्जन पत्रकारहरुको स्वास्थ्य परिक्षण अन्तरगत मृगौलाको अवस्था जाचसहित उच्च रक्तचाप र मधुमेह परिक्षण गरिएको समाजका कार्यसमिति सदस्य लक्ष्मण पोख्रेलले जानाकरी दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *