Monday, December 23

भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेलेको आरोपमा एक नेपाली पक्राउ

२४ मंसिर, काठमाडौं । भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेलेको आरोपमा एक नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१ का ३७ वर्षीय विशाल बर्तौला छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनलाई ठमेलको छाँया सेन्टरस्थित क्यासिनो वाल्डो डाइनेस्टीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

उनले क्यासिनोमा जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा भारतीय आधार कार्ड बनाएको प्रहरीले जनाएको छ । उनीबाट उक्त कार्ड समेत बरामद भएको छ । पक्राउ परेका उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *