Tuesday, December 24

राष्ट्रिय शैक्षिक परामर्श संघ द्वारा सामाजिक विकास मन्त्रालय लाई ज्ञापनपत्र

नेपाल शैक्षिक परामर्श संघ (National Educational Consultancy Association – NECA)ले आज लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयलाई तालिम तथा प्रमाणपत्र संस्थान (Training Institute for Technical Instruction – TITI) बाट प्रमाणिकरण सुनिश्चित गर्न नेका अध्यक्ष श्री गणेश गौडेलले ज्ञापनपत्र हस्तान्तरण गर्नु भयो।

ज्ञापनपत्रमा TITI द्वारा प्रदान गरिने प्रमाणिकरण प्रक्रियालाई सहज, पारदर्शी र अन्तर्राष्ट्रिय मान्यतासहित प्रभावकारी बनाउनुपर्ने मागहरू समेटिएको छ। यसले व्यवसायिक तालिम लिएका व्यक्तिहरूलाई प्रमाणपत्र प्राप्त गर्न, दक्षताको मान्यता स्थापित गर्ने अपेक्षा गरिएको छ।

ज्ञापनपत्र हस्तान्तरणका क्रममा नेका उपाध्यक्ष सुशील पाण्डेले व्यवसायिक तालिम प्राप्त व्यक्तिहरूको सीप र क्षमता TITI प्रमाणिकरण मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रमाणीकरण गर्नु वर्तमान आवश्यकता भएको बताए। साथै, प्रमाणिकरणले व्यवसायिक शिक्षा क्षेत्रको गुणस्तर र विश्वसनीयता बढाउनेमा उनीहरूले जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *