Monday, December 23

करिब ३० हजार अमेरिकी डलरसहित झापाबाट एकजना पक्राउ

२७ मंसिर, काठमाडौं । झापामा करिब ३० हजार अमेरिकी डलरसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका-५ का २५ वर्षीय मोहम्मद नौसाद मिया छन् ।

उनको साथबाट २९ हजार ७ सय अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो करिब २ बजेको समयमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोले झापा कमल गाँउपालिका-३, मा रहेको पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने उक्त रकम बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दमकबाट बिर्तामोड तर्फ जादैं गरेको प्रदेश १-०२-००१ ख ९५३० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा सोही बसमा सवार मियाकोसँग स्रोत नखुलेको अमेरिकी डलर रहेको खुलेको थियो । प्रहरीले बरामद डलर आजको नेपाली दररेट अनुसार ४० लाख ३३ हजार ८५४ रुपैयाँ हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *