Monday, December 23

विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण हुँदै आएको छ : सभामुख घिमिरे

२९ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएको बताएका छन् ।

उधौली पर्व, यःमरी पुन्ही तथा धान्य पूर्णिमा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यी पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

‘नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो’, सभामुखले शुभकामना सन्देशमा भनेका छन्’, ‘संविधानको मर्म अनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएकोबारे हामी सबै जानकार छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *