Monday, December 23

काठमाडौं महानगरले हटायो बानेश्वरको कवाडी संकलन पसल

५ पुस, काठमाडौं । काठमाडौँ महानगरपालिकाले बानेश्वर हाइटमा बनेको मापदण्डविपरीत सञ्चालित कवाडी व्यवसाय संरचना हटाएको छ ।

काठमाडौं-१०, बानेश्वर हाइटमा रहेका ती संरचना हटाउन पटकपटक सूचना दिँदा पनि अटेरी गरेको भन्दै महानगरले डोजर चलाएको हो ।

महानगर प्रहरी बलले शुक्रबार ती संरचना हटाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *