Monday, December 23

लेखा समिति सभापतिकी श्रीमती अदालत उपस्थित हुनुपर्छ : योगेश भट्टराई

८ पुस, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन् ।

सोमबार जारी समितिको बैठकमा बोल्ने क्रममा भट्टराईले आरोपित कोइरालाले न्यायिक निरूपणलाई सघाउनुपर्ने बताए ।

‘सभापतिबारे कुरा उठेको छ । उहाँको श्रीमती एउटा सहकारीमा जोडिएको कुरा छ । उहाँ अदालतमा जानुपर्छ र जानुहुन्छ भन्ने विश्वास छ । न्यायिक निरुपणमा जानुपर्छ,’ उनले भने ।

कतिपयले बाहिर कराउँदै हिंड्ने गरेको भन्दै उनले एमालेका नेता कार्यकर्ताले त्यस्तो नगर्ने विश्वास लिएको बताए । सभापतिलाई समेत श्रीमतीसँग जोडेर गरिएका प्रश्नबारे प्रष्ट पार्न उनको आग्रह थियो ।

मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा पोखरेलकी श्रीमती पनि मुछिएकी छिन् । उनीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

कोइराला भने प्रहरीको फरार सूचीमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *