८ पुस, काठमाडौं । नेकपा एमालेका सांसदहरूले राजनीतिक सहमतिबिना सार्वजनिक लेखा समितिको सभापति नबदलिने बताएका छन् ।
‘हिजो एउटा सहमतिको आधारमा नेतृत्व चयन भएको हो । यसकारण केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको सहमतिबिना लेखा समिति सभापति बदलिँदैन,’ एमाले सचिव योगेश भट्टराईले भने ।
लेखा समितिको बैठक बसिरहेको छ ।
माओवादी सांसद अमनलाल मोदीले समिति सभापति ऋषिकेश पोखरेललाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । एमाले सांसदहरू भट्टराई, गोकुल बास्टोका लगायतले राजनीतिक सहमति बेगर नेतृत्व परिवर्तन नहुने बताए ।
‘फेर्ने भए फेरौं । राष्ट्रिय सभा अध्यक्ष पनि फेरौं,’ बास्कोटाले भने ।
शीर्ष नेताको सहमति बिना संसद्को पदाधिकारी र समिति सभापतिबारे अन्यथा निर्णय नहुने उनले पनि बताए ।