Monday, December 23

विशेषको फैसला त्रुटिपूर्ण दाबी गर्दै भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वमन्त्री श्रेष्ठ पुगे सर्वोच्च

८ पुस, काठमाडौं । विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको दाबी गर्दै पूर्वमन्त्री रामकुमार श्रेष्ठ सर्वोच्च अदालत पुगेका छन् ।

विशेष अदालतले आफूलाई दोषी ठहर गरेको फैसला त्रुटिपूर्ण दाबी गर्दै उनले सर्वोच्चमा पुनरावेदन दिएका हुन् ।

सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले श्रेष्ठले पुनरावेदनको निवेदन दिएको पुष्टि गरे । ८ असोजमा पूर्वसचिव तथा पूर्वमन्त्री श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।

अख्तियारले उनीविरुद्ध २०७८ फागुनमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले श्रेष्ठलाई ६ महिना कैद र ९८ लाख २९ हजार ५ सय ३७ रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको थियो । ६ महिनामात्र कैद सुनाएकाले बाहिरै बसेर पुनरावेदन गर्ने सुविधा उनले पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *