९ पुस, काठमाडौं । दार्चुलामा आज बेलुका भूकम्प गएको छ । दार्चुलाको अपी हिमाल क्षेत्रमा भूकम्प गएको हो ।
आज बेलुका ९ बजेर २५ मिनेटमा अपी हिमाल क्षेत्रमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्याएको विवरण आइसकेको छैन ।
यसअघि बाजुराको गोत्री केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प जाँदा १६ भन्दा बढी घरमा क्षति पुगेको थियोे ।
केही हप्तायता सुदूरपश्चिमका जिल्लामा दिनहुँजसो भूकम्पका साना धक्का गइरहेको छ । भूकम्पको जोखिम दृष्टिकोणले पनि पश्चिम नेपाल अति संवेदनशील मानिन्छ ।