Monday, January 13

मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख

२९ पुस, काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको छ । पारिवारिक स्रोतले अनलाइनखबरसँग भन्यो, ‘बोली–खाना ठिकै छ । अहिले क्रमिक सुधार हुँदै गएको देखिएको छ । त्यसैले एक–दुई दिनमै वार्डमा सार्न सकिन्छ भनेर डाक्टरहरुले भन्नु भएको छ ।’

अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई अहिले भने आईसीयूमै राखिएको छ । ‘बेला-बेला स्वास्थ्य धेरै नै बिग्रिएको जस्तो देखिने र फेरि सुधार भएको जस्तो देखिने भइरहेको थियो । अहिले सुधार भएको जस्तो देखिन्छ,’ स्रोतले भन्यो ।

७८ वर्षीय वैद्य श्वासप्रश्वासमा समस्या आएपछि यही पुस दोस्रो सातादेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *