२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीमा ५ लाख बराबरका गरगहना चोरी भएका छन् ।
कलंकी डेरा गरी बस्ने संखुवासभा सभापोखरी नगरपालिका–६ घर भएकी ३१ वर्षीया अनिसा राईको कोठामा चोरी भिएको हो ।
सुन र चाँदीका गरगहना गरेर ५ लाख ३ हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्नहरु भने फरार छन् ।
@अनलाइनखबर